पर्यटन

साझेदारी बनको तागत : बर्षमा एकलाख दिनको रोजगारी र १४ करोड राजश्व



कपिलवस्तु ८ जेठ  कपिलवस्तु जिल्लामा  रहेका पाँच साझेदारी बनबाट वार्षिक एक लाख दिन रोजगारी श्रृजना भएको  डिभिजन बन कार्यालय, तौलिहवा कपिलवस्तुका सहायक बन अधिकृत मदन मोहन स्यानडिल्यले बताउनु भएकोछ। सहायक बन अधिकृतस्यानडिल्यका अनुसार पाँच वटा साझेदारी बनबाट राज्यलाई यो ६ वर्षको अवधीमा  करिव ८६ करोड राजश्व आम्दानी भएको छ । यो आकडावाट सहजै भन्न सकिन्छ  बर्षमा १४ करोड बढी राजश्व राज्यलाई साझेदारी बनले दिएका छन् । राज्यबाट पनि साझेदारी बनका निम्ति ६ बर्षमा करिब १८ करोड रकम उपलब्ध भएको उहाले  बताउनु भयो ।


        आ.व. २०६८/०६९ बाट साझेदारी बनलाई वैज्ञानिक बन ब्यवस्थापन गर्दै अगाडी बढेका जिल्लाका पाँच साझेदारी बनबाट अहिले सम्म करिव ११ लाख ५४ हजार ८ सय ६७ क्यू फिट काठ उत्पादन भएको सहायक बन अधिकृत मदन मोहन स्यानडिल्यले  जिकिर गर्नु भयो । साझेदारी बनबाट उत्पादन भएको काठलाई सरकार र साझेदारी बन बीच उत्पादनको आधा आधा काठ, दाउरा वाडफाड गर्ने कानूनी प्रावधान रहेको छ । सोही अनुसार साझेदारी बनले राज्यलाई करिब ५ लाख ७७ हजार ४ सय ३३.५ क्यू फिट काठबाट सरदरमा प्र्रति क्यू फिट १ हजार ५ सय का हिसावले ८६ करोड ६१ लाख ४९ हजार ५ सय राजश्व बुझाएको तथ्यांकले नै पुष्टी गरेको छ । 

        साझेदारी बन स्वयमले करिब प्रति क्यू फिट न्यूनतम ७ सय ५० प्रति क्यू फिटका  दरले पनि ४३ करोड ३० लाख ७४ हजार ७ सय ५० रुपैया आम्दानी गर्न सफल भएका छन् ।   साझेदारी बनबाट आव.२०७५÷०७६ मा करिव २ लाख ११ हजार ५ सय ५७ क्यू फिट र आ.व. २०७६÷०७७ मा करिव २ लाख १९ हजार ८१ क्यू फिट काठ उत्पादन भएको डिभिजन बन कार्यालय गौतमबुद्ध, चन्द्रौटा, कपिलवस्तुका सहायक बन अधिकृत गणेश थारुले बताउनु भयो ।  यसरी हेदा जिल्लामा रहेका पाँच वटा साझेदारी बन मध्ये करिव ४५ प्रतिशत काठ उत्पादन  तिलौराकोट साझेदारी बनबाट हुन्छ भने करिब ३० प्रतिशत मायादेवी र बाँकी २५ प्रतिशत काठ उत्पादन डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्रौटा माताहतमा रहेका गौतमबुद्ध, कपिलवस्तु र शिवराज साझेदारी बनबाट उत्पादन भएको देखिन्छ । 

        कपिलवस्तु जिल्लाको कूल भूगोल १ लाख ७३ हजार ८ सय हेक्टर मध्ये वनको क्षेत्रफल ६२ हजार २ सय ११ हेक्टर रहेको छ । जिल्लामा रहेका साझेदारी बनको क्षेत्रफल  कूल १८ हजार ८ सय ८५.१८ हेक्टर रहेको छ । ति पाँच वटा साझेदारी बनबाट प्रत्यक्ष लाभान्वित हुने ७० हजार २ सय ११ घरधुरी रहेका छन् । यो लाभान्वित हुनेको घरधुरी संख्या करिब २५ प्रतिशतले अहिले बढेको तिलौराकोट साझेदारी बनका अध्यक्ष जयप्रकाश पाण्डेयको दावी रहेको छ ।   

तिलौराकोट : ब्यवस्थित एक नमुना 

        नेपालकै पहिलो नमुदा वैज्ञानिक बन ब्यवस्थापनको शुरुवात गरिएको तिलौराकोट साझेदारी बनले मात्र नेपाल सरकारलाई २ आर्थिक वर्षमा मात्र करिव १७ करोड राजश्व बुझाएको तिलौराकोट साझेदारी बन ब्यवस्थापन समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले बताउनु भयो । पाण्डेयका अनुसार एउटा तिलौराकोट साझेदारी बनले मात्र वार्षिक करिव ४० हजार दिन रोजगारी श्रृजना गर्ने गरेको दावी छ । अध्यक्ष पाण्डेयले शुरुवातीको अवस्थामा र अहिले हेर्दा १५ प्रतिशत बनको उत्पादनमा वृद्धि भएको तथ्यले पुष्टी गरेको दावी गर्नु हुन्छ ।

मायादेवि :अतिक्रमण विरुद्धमा खरो उत्रदै

        कपिलवस्तुको मायादेवी साझेदारी बनले  बन क्षेत्रमा पहिलेवाटै हुदै आएको अतिक्रमण हटाउन खरो रुपमा उत्रिएर बनको क्षेत्रफल र हैसियतम उल्लेख्य सुधार ल्याउन सफ भएको छ । का बन प्राविधिक विकास श्रेष्ठले हाल सम्म २ लाख ३४ हजार ८ सय ६७ क्यू फिट काठ उत्पादन गरेको बताउनु भयो । बन प्राविधिक श्रेष्ठका अनुसार विगतमा भन्दा वनको विकास, प्रवर्धनमा उल्लेख्य सुधार आएको तर्क गर्नु भयो । उहाँले वितरण प्रणालीलाई ब्यवस्थित र प्रभावकारी बनाउन १५वटा उपसमिति मार्फत उपभोक्तालाई काठ वितरण गर्ने गरेको तर्क गर्नु भयो । 

    साझेदारी बनको संरक्षण, प्रवर्धन र विकासबाट प्रत्यक्ष आर्थिक आम्दानीको कुरा मात्र नभई रोजगारी श्रृजना गर्ने विषय झनै महत्वपूर्ण भएको बन अगुवाको तर्क छ । त्यसले   वातावरणीय सन्तुलन कायम गर्ने देखी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै रोजगारी श्रृजना गर्ने कुरामा साझदेराी  बनको भूमिका महत्वपूर्ण रहेको मायादेवी साझेदारी बनका सदस्य सचिव प्रकाश ठाकूरको तर्क रहेको छ ।  

गौतम बुद्ध : जैविक विविधताको उदाहरण 

        जैविक विविधता र जलाधारको संरक्षण, ब्यवस्थापन संगै यसको समुचित प्रयोग र रोजगारी श्रृजना गर्ने विषय साझेदारी बनको मात्र नभई सिंगो जिल्लाको चासो र सरोकारको विषय भएको गौतमबुद्ध डिभिजन बन कार्यालय, चन्द्रौटा, कपिलवस्तु सहायक बन अधिकृत गणेश कुमार थारुले  बताउनु भयो । 

        जिल्ला भित्र रहेका बनजन्य वस्तुको उत्पादन र यसमा आधारित उद्योगहरुको अध्ययन अनुसन्धानमा पनि जोड दिनुपर्ने तर्क गर्दै साझेदारी बनका अगुवाहरुसंगको समन्वयमा यसको उचित कार्यान्वयन हुनु पर्नेमा मायादेवी साझेदारी बन ब्यवस्थापन समूहका अधयक्ष अब्दुल अजिज खाँको जोड रहेको छ । बन भित्र जडिबुटी तथा सुगन्धित वनस्पतिहरुको ब्यवसायिक उत्पादन तथा प्रशोधन मार्फत जिल्लाको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने र यहाँ रहेका गरिव, विपन्न, दलित समूदाय र वनको पहुँच नपुगेका नागरिकलाई फाइदा पुग्ने गरी योजना निर्माण गर्नुपर्नेमा अध्यक्ष खाँको जोड रहेको छ । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६