ब्रेकिंग न्युज

कपिलवस्तुमा २५८ आरडिटी पोजेटिभ



कपिलवस्तु

कपिलवस्तुमा ३४०६ लाई आर डि टी गर्दा २५८ मा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लाका १० स्थानिय सरकारमा आर डि टी पोजेटिभ देखिएको हो । जिल्लाका १९९ क्वारेन्टाईन मध्ये ८६८२ जनालाई राखिएको छ । शुत्रवार १४३४ लाई आर डि टी परिक्षण गरीएको थियो ।

कपिलवस्तुको महाराजगंजमा २९ जनामा आर डि टी पोजेटिभ देखिएको छ । महाराजगंजनगरपालिका वडा नं. ९ सिसवा र वडा न. १० हर्दौनामा परिक्षण गर्दा आर डि टि पोजेटिभ आएको हो । वडा न. ९ मा १३६ जनामा परिक्षण गर्दा १० जनामा र वडा नं. १० मा १४३ लाई परिक्षण गर्दा १९ जनामा आर डि टी पोजेटिभ देखिएको छ ।

आर डि टी पोजेटिभ आएका लाई पि सी आर जाचका लागी स्वाव संकलन गरिने छ । नगरपालिकामा कुल १६५१ जना क्वारेन्टाईनमा रहेका छन । उनीहरु सवै भारत वाट आएको वताईएको छ । नगर भरी ५० क्वारेन्टाईनमा ३ गर्भावती , १ अपांगता भएका र ५० वाल वालिका रहेका छन । शुक्रवार २७९ जनालाई परिक्षण गरीएको थियो ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६