ब्रेकिंग न्युज

संक्रमित युवाको परिवार गाउँमा निस्फिक्री हिँड्दै,५ दिन बित्दा पनि हुन सकेन कन्ट्याक्ट ट्रेसिङ



दाङ १० जेष्ठ ।  गत जेठ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ भगुवारका एक ४४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि गर्‍यो। संक्रमित ती युवा काठमाडौंको एक अपार्टमेन्टमा सुरक्षागार्डको काम गर्थे।उनकी  हजुरआमाको निधन चैत १ गते भयो।  हजुरआमा बितेको १० औं दिनमा चैत १० गते उनी दाङ आए।उनी सोझै घोराही १५ भरतपुरस्थित आफ्ना साइला अंकलको घरमा पुगे। त्यही उनका बुवा र अंकल  हजुरआमाको किरिया बसेका थिए।१३ औं दिनको शुद्ध शान्तिपछि मात्रै ती युवा घोराही ९ भगुवारस्थित घर आए। संक्रमितका बुवाका अनुसार १३ औं दिनका दिन दाजुभाइ एकै घरमा बस्नुपर्ने तथा घर–घरमा जान नपाइने भन्ने प्रचलनका अनुसार उनीहरू भने घोराही भरतपुरस्थित किरिया बसेको घर साइलो भाइकै घरमा उक्त दिन पनि बास बसे। ती संक्रमित भने भने शुद्ध शान्ति कार्यक्रमपछि घर आए ।

       संक्रमित व्यक्तिका दुई छोरा, पत्नि पनि छन्। बुवाआमा साथमै बस्छन्।‘छोरा मकै छरेर सकेपछि काठमाडौं काममा जान्छु भनेर वैशाख ३१ गते घरबाट गएको हो,’ उनका बुवाले भने,‘अफिसले चेक गराएरमात्रै अफिस आउनु भनेछ अनि छोराले चेक गराउँदा रिपोर्ट पोजेटिभ देखिएछ ।’ती युवा वैशाख ३१ तुलसी बाल हस्पिटलको एम्बुलेन्समा काठमाडौं हिँडेका थिए। जेठ १ गते पुगे।छोरासँग आफ्नो कुरा भइरहेको र हाल टेकु अस्पतलाको आइसोलेसनमा रहेको उनले जानकारी दिए।हामीलाई अहिलेसम्म कसैले केही भनेको थिएन,’ उनले भने, ‘हिजोमात्रै प्रहरी घरमा आएर अब धेरै गाउँघर नडुल्नु होला भनेर सम्झाउन आएका थिए।’

          आफ्नो हस्पिटलको एम्बुलेन्स चालकसँगै काठमाडौं गएका व्यक्तिमा कोरोना पुष्टि भएपछि तुलसी बाल हस्पिटलले ती चालकको कोरोना जाँच गरायो। चालकको रिपोर्ट नेगेटिभ आएको हस्पिटलले बताएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले संक्रमित व्यक्तिका आफन्त र परिवारका सदस्यलाई हालसम्म स्वास्थ्य चेक नगरिनु तथा सबैको कन्ट्याक्ट ट्रेसिङ नगर्नु गम्भीर लापरबाही भएको बताइन्।भारतबाट आएर सोझै क्वारेन्टिनमा बसेकाभन्दा यसरी समुदायमा घुलमिल भएका व्यक्तिबाट कोरोना संक्रमणको उच्च जोखिम रहने भण्डारीको तर्क छ।

           संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ तत्काल गरेर सम्पर्कमा आएका सबै व्यक्तिको स्वास्थ्य जाँच हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै दुस्ख व्यक्त गरिन्।दाङका जिल्ला फोकल पर्सन कमल चन्दले कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय जनप्रतिनिधिको भएको प्रतिक्रिया दिए ।घोराही वडा नं. ३ का अध्यक्ष मानबहादुर बस्नेतले आफूले संक्रमितका बुवासँग फोनमा कुरा गरेको भए पनि अन्य कन्ट्याक्ट ट्रेसिङको काम केही नभएको जानकारी दिए।संक्रमित युवा यो बीचमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरमा मानो मिसाउन गएको भन्ने कुरा बुवाले गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।

          ‘संक्रमित युवा अर्को एक ठाउँमा १३ औं दिनको शुद्ध शान्ति कार्यक्रममा सहभागी भएको भन्ने पनि सुन्नमा आएका छ,’ अध्यक्ष बस्नेतले भने, ‘तर संक्रमितका बुवाले मसँग हिजो साँझ फोनमा ती कुरा गर्नुभएन।’भगुवार गाँउका एक युवाले भने संक्रमित युवाका परिवार आजसम्म पनि गाउँघरमा निस्फिक्री हिँडडुल गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।‘संक्रमित व्यक्तिको घर सिल गर्नुपर्छ  र उनीहरूका घर परिवारका सदस्यको पनि कोरोना जाँच गर्नुपर्छ’, ती युवाले भने।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६