ब्रेकिंग न्युज

भारतबाट फर्किदै गरेका अर्घाखाँचीका एक प्रवासी नेपालीको बाटैमा मृत्यु



कपिलवस्तु ११ जेष्ठ ।  भारतको गुजरातबाट नेपाल फर्किदै गरेका अर्घाखाँचीका एक जना प्रवासी नेपालीको बाटैमा मृत्यु भएको छ । नेपाल नपुग्दै दुई वटा बसमा रहेका मध्य अर्घाखाँचीका एक नेपालीको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए । “भारतको गुजरात बाट नेपाल आउदै गरेका उनको भारतमै मृत्यु भएको छ ।

         उनको शब अहिले कृष्ण नगर सीमाको भारततर्फ पर्ने बढनीमा छन । नेपाल भित्राएर मृतकको स्वाब परिक्षण गराउने तयारीमा छौ ।” प्रजिअ पौडेलले भने ।दुई वटा बसमा आएका प्रवासी नेपालीहरु मध्ये अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ का ३५ बर्षिय कृष्ण बहादुर गैरेको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।उनको मृत्युको कारण खुल्न सकेको छैन ।

स्रोत : न्युजबुटवल टुडे

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६