बिजनेस

आइशोलेसन बनाउन खोज्दा तालावन्दी, मेयरले सर्बपक्षिय निर्णय कार्यान्वयन गरेनन्



कपिलवस्तु ११ जेठ । कपिलवस्तु नगरपालिकाले यस अघि निर्णय भएको ठाउमा आइशोलेसन वार्ड तयार नपारी नयाँ ठाउमा एकाएक आएर तयार पार्न खोज्दा स्थानीयले अवरोध गरेकाछन् । प्रदेश ५ का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतमा जेठ ४ गते तौलिहवा प्रशासनमा बसेको बैठकले तौलिहवा स्थित महिला विकास कार्यलयको तीन तल्ले भवनमा आइशोलेसन वनाउने निर्णय गरेको थियो । सो बैठकमा मेयर किरण सिंह आफै उपस्थित भएर निर्णयमा सहमति जनाउनु भएको थियो ।

 

 तर उक्त निर्णय कार्यान्वयन नगरी मेयर सिंह बाणगंगाको सिमाना नजिक रहेको ११ नम्वर वडामा आएर स्थानीयको परामर्श विना आइशोलेशन वनाउने घोषणा गरेको भन्दै तालाबन्दी भएको हो ।  कपिलवस्तु जिल्लासील भएकै बखत ७ वटा टोलवाट आएका प्रतिनिधी मुलक स्थानीयले उक्त अस्पत्तालमा ताला लगाएर आइशोलेसन वनाउन रोकेका हुन् ।

 स्थानीय करीम मुसलमानले सबै ७ वटा गाउको एकमत धारणाका साथ ताला लगाएको प्रेसपाटीलाई  जानकारी दिनु भयो । स्थानीय बसिर खाँले तौलिहवामा बनाउन निर्णय भएको आइशोलेसन नबनाएर जहदीमा आएर जवरजस्ती गर्न खोजे मेयरका विरुद्ध आन्दोलनमा जाने उद्घोष गर्नु भयो। 


        उहाले तौलिहवाको महिला विकास कार्ययल कांग्रेस सांसद अत्तहर कमालले चलाएको एनजिओले भाडामा लिएकोले सांसदको दवावमा मेयर सिंहले स्वेच्छाचारी ढंगले निर्णय बदलेको आरोप लगाउनु भयो । यता मेयर किरणसिंहले सस्थाले खाली गर्न केहिदिन समय माग गरेकाले आकस्मीक रुपमा जहदीमा बनाउन खोजेको वताउनु भयो । स्थानीयको अवरोध पछि जहदीमा आईशोलेसन बन्ने नवन्ने अन्योल भएको छ । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६