कपिलवस्तु
कोरोना संग विजय प्राप्त गरेका कपिलवस्तुका ५ जना रातभर लुम्विनी प्रादेशिक अस्पतालको गेटमा वास वस्नु परेको छ । शनिवार कपिलवस्तुका १० जना कोरोनालाई विजय प्राप्त गरी डिस्चार्ज भएका थिए । उनीहरु मायादेवी गाउपालिकाका ४ जना, यशोधरा गाउपालिकाका ३ जना कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउपालिका र वुद्धभुमी नगरपालिकाका १ जना रहेका थिए । मायादेवी गाउपालिकाका ४ र शुद्धोधन गाउपालिकाका १ जनालाई राती नै एम्वुलेन्सले उद्धार गरेको थियो । वाकी ५ जना अस्पतालको गेटमा रात विताएका थिए ।
उहाँहरुलाई बुटवल घागो कारखाना कोरोना विशेष अस्पतालले साझ डिसचार्ज गरेको थियो । “ राती सात वजे तिर खाना खायौ । हामीलाई प्रदेशिक अस्पताल बुटवल ल्यायो । त्यहाँबाट ब्यवस्था मिलाउने भनेको थियो तर राती अबेर सम्म कसैले पनि वास्ता गरेन ” कपिलवस्तु नगरपालिका ३ का कोरोना विजयी राजकुमार यादवले वताउनु भयो । “यता मायादेवी गाउपालिकाले राति नै एम्वुलेन्स पठायो । हामी रातभरी मच्छड धपाउदै वस्नु पर्यो” यादवले वताए ।
त्यही एम्बुलेन्समा लैजान आग्रह गरे । एम्बुलेन्स चालकले ५०० रुपैया भाडा मागेको र आफु संग पैसा नभएकोले जान नपाएको उनले भने । उनले राती कपिलवस्तुका पत्रकार तुलसीराम यादवलाई खवर गरेका थिए । पत्रकार यादवले मायादेवि गाउ पालिकाका जनप्रतिनिधीलाई आग्रह गर्दा एम्वुलेन्स हिडी सकेको थियो ।
“अस्पतालले १० जना मात्र डिस्चार्ज भएको जानकारी दिएको थियो । उनीहरु कुन पालिकाका हुन पुरा जानकारी आएको छैन ” प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले वताउनु भयो । पत्रकार यादवले विहान यशोधरा गाउँपालिकाका अध्यक्ष ग्रिजेस पाण्डे संग अनुरोध गरे पछी उद्धार भएको थियो । उक्त एम्वुलेन्स यशोधरा गाउपालिकामा ३ जना कोरोना विजयीलाई लिन गएको थियो । एम्बुलेन्सले कपिलबस्तु नगरपालिकाका १ जना , बुद्धभूमि नगरपालिकाका १ जनालाई समेत लिएर आएको थियो । दुवै जनालाई जिल्ला सदरमुकाम तौलिहवा पुराएर एम्वुलेन्स यशोधरा गाउपालिका तिर लागेको थियो ।
११ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया