ब्रेकिंग न्युज

कोरोना संक्रमितको सम्पर्कमा रहेका कपिलवस्तुका एक शिक्षक दुई नेता स्वाव संकलन नगरी फरार ।



कपिलवस्तु,
कपिलवस्तुको वुद्धभुमी ४ वुड्ढीमा कोरोना संक्रमित संग क्लोज कन्ट्याक्टमा रहेका ३ जना स्वाव संकलन नगरी फरार भएका छन । वुद्धभुमी ४ का दिदी भाईमा कोरोना संक्रमण भए पछी उनीहरु (क्लोज कन्ट्याक्ट) न्युन दुरीमा सम्पर्कमा रहेका थिए । संक्रमितको घरमा हजुर आमाको मृत्यु भए पछी धेरै मानिसहरु सम्पर्कमा आएका थिए । कन्ट्याक्ट टे«सिंग गर्दा ४७ जना नजिक सम्पर्कमा रहेका पाईएको थियो ।
स्थानियले न्युन दुरीमा सम्पर्क भएका सवैलाई क्वारेन्टाईनमा राख्नु पर्ने दवाव दिए पछी उनीहरु भागेका हुन । फरार भएका एक जना एक विद्यालयका शिक्षक हुन भने एक नेपाली कांग्रेसका स्थानिय नेता र अर्का राप्रपाका जिल्ला स्तरीय नेता हुन । २ जनाले स्वाव संकलनका लागी नाम लेखाए पनी आर डि टी परिक्षण भएकोले फर्किएका थिए ।
स्थानियले क्वारेन्टाईनमा राख्नु पर्ने भन्दै विरोध गरे पछी स्वाव लिएकाहरु अझै पनी स्वाव संकलन स्थल भृकुटी मा वि मै वसेका छन । उनीहरु विहान देखी पानी मात्र खाएर वसेका छन । २ वाल वालिका ७ बृद्ध सहित ४२ जना विद्यालयको चौरमा वसेका छन । उनीहरुलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।
कोरोना संक्रमित संग सम्पर्क भएपनी क्वारेन्टाईन सुरक्षित नभएकोेले सेल्फ आईसोलेशनमा वस्नु पाउनु पर्ने उनीहरुको माग छ । स्थानिय प्रशासनका अनुसार उनीहरु सवैलाई क्वारेन्टाईन राख्ने तयारी भएको छ । वृद्ध, दिर्घ रोगी र वाल वालिका बाहेक सवैलाई क्वारेन्टाईनमा राखिने वताईएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६