प्रदेश

अतिक्रमित नेपाली भूमि प्राप्तिका लागि ठोस कदम चाल्न संसदीय समितिको निर्देशन



काठमाडौं, ११ जेठ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमाा आज नेपाल भारत सीमा सम्बन्ध तथा विदेशबाट नेपाली फर्काउने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको छलफलपछि समितिले कूटनीतिक रुपमा छलफल गरी संवादमार्फत नेपालको भूमि फिर्ताका लागि ठोस पहल गर्न सरकारलाई निर्देशन दिएको  हो ।

बैठकले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउनसमेत सरकारलाई निर्देशन दिएको समितिका सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो । समितिले मुलुकको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरी संविधान संशोधन गर्ने प्रक्रिया शुरु गरेर सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरेको छ । 

समितिले कोभिड–१९ को महामारीको सम्बन्धमा विदेशमा गाँस, बास कपास, स्वास्थ्य र सुरक्षालगायतबाट सङ्कट बेहोरीरहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वास्थ्य सुनिश्चिता गरी नेपाल ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । 

उक्त छलफलमा मन्त्री ज्ञवालीले भारतले सुगौली सन्धि विपरीत नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको बताउनुभएको थियो । उहाँले विगतमा भारतीय सुरक्षाकर्मीलाई बस्न मात्रै दिएको यसअघि नै खुलेको र त्यसैका आधारमा नेपालको भूमिलाई भारतले कब्जा गरेको बताउनुभयो । भूमि प्राप्त गर्न कूटनीतिक रुपमा प्रक्रिया थालिएको समेत उहाँले बताउनुभयो । उहाँले स्वदेश फर्किन चाहने नेपालीलाई प्राथमिकताका आधारमा फर्काउने सरकारले तयारी गरेको समेत बताउनुभयो । (रासस)

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६