प्रदेश

घरघरमै नमाज पाठ गरी इद उल फित्र मनाइँदै



कपिलवस्तु, १२ जेठ । आज इद उल फित्र पर्व कपिलवस्तु लगायत देश भरका मुस्लिम धर्मावलम्बीहरुले विशेष नमाज पाठ गरी ठुलाबडाबाट आर्शिवाद लिएर मनाउदै छन् । कोरोना कहरको महामारीका कारण नेपालमा लगाइएको लकडाउने नेपाली मुस्लिमहरुले घर घरमा नमाज पाठ गरी इद उल फित्र मनाउँदै छन् ।  घरघरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन  धर्मगुरुहरुको आह्वान गरेका छन् । 

            इदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल(को पहिलो दिन भएकोले आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गरिन्छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

            दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।             अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यसैकारण सोमबार इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो । 

        यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दान दिनु हो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको मुस्लिम अगुवाहरु बताउँछन् । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सोबराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

            यो दान आमाको पेटमा आएको शिशुको पनि गरिनुपर्छ भन्ने नियम ग्रन्थमा छ । यो दान पनि दीनदुःखीलाई नै दिइन्छ । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गर्ने गरिन्छ ।  एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ ।

            बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरुले नवौँ रमजान महिनामा भोजन गर्छन् । यस पर्वका अवसरमा मुसलमानहरुले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६