कपिलवस्तु १२ जेठ । कपिलवस्तु ११ जेठ । कपिलवस्तुका निर्माण सम्वद्ध उद्योगहरु खुल्ने भएका छन् । कपिलवस्तुको तौलिहवामा शनिवार सम्पन्न जिल्ला संक्रामक रोकथाम समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले छड सिमेण्ट लगायतक निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु खेल्न दिने तर उद्योगलाई नै क्वारेण्टाइन बनाउनु पर्ने निर्णय गरेकोछ । कामदारहरुलाई वाह्य आवागमनमा रोक लगाउने,ज्वरो मापन गर्ने ब्यवस्था गर्नु पर्ने, मास्क सेनिटाइज र लगायतका सामाग्री प्रयाप्त मात्रामा उपलब्ध गराउनु पर्ने शर्तका रुपमा उल्लेख गरिएकोछ । कार्य स्थलमै खाना र उद्योग भित्रै आवासको ब्यवस्था मिलाउने कुरा उल्लेख गरिएकोछ । यस्तै निर्माण सामाग्री ढुवानीका लागि जिल्ला प्रशासनको पास अनिवार्य गरिएकोछ । अत्याबश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु भने लकडाउनका बेलामा पनि बन्द छैनन् । ती उद्योगले गर्नु पर्ने ढुवानीकालागि पासको जरुरी पर्दैन । प्रमुख जिल्ल अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारका रुपमा जिसस कपिलवस्तुका प्रमुख नारायण खनाल समेत उपस्थित हुनु हुन्थ्यो ।
१२ जेष्ठ २०७७, सोमबार
प्रतिक्रिया