कपिलवस्तु १२ जेष्ठ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोविड १९ को रोकथाम र नियन्त्रणका लागी जारी गरिएको लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरि जिविकोपार्जन गर्ने मजुरलाई सरकारले राहत वितरण गर्यो , विभिन्न सघं संस्थाको सक्रयतामा खाध्यन्न सहयोग गरियो । यसैक्रममा सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी तौलिहवा शाखाका ऐजेन्सी म्यानेजरको संयुक्त रुपमा खाध्यन्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । ऐजेन्सी म्यानेजर सन्ध्या खनाल पौडेलको संयोजकत्वमा बुद्धभुमिका विभिन्न क्वारेन्टाईनलाई खाध्यय सामाग्री हस्तान्तरण गरेको हो ।
बुद्धभुमि नगरपालीका वडां नं. १ सिद्र्धाथ स्मारक मा वि र २ को गक्वारेन्टाईनमा रहेका र अति विपन्न स्थानीयलाई सहज होस् भन्ने उद्धेश्यले माक्स सहित खाध्ययन सामाग्री हस्तान्तरण गरिएको छ । ईन्स्योरेन्स शाखा परिवारले आगामी दिनमा आवश्यक सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने ऐजेन्सी म्यानेजर माधव प्रसाद पौडेलले बताउनुभएको छ । विषम परिस्थीतीमा ईन्स्योरेन्स शाखा परिवारले देखाएको सक्रियता प्रति वडा नं. १ का अध्यक्ष तेजबहादुर बस्नेत , २ का वडा सदस्य ईश्वरी खनालले खुशी व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया