कपिलवस्तु
कपिलवस्तुको यशोधरा गाउपालिका वडा नं. ५ मा स्वाव संकलन भएका २१ जना क्वारेन्टाईन नगई घरमा पुगेका छन । क्वारेनटाईनमा रहदा आर डि टी जाचमा पोजेटिभ आए पछी पिसिआर चेकका लागी स्वाव लिईएको थियो । स्वास्थ्यकर्मी र जनप्रतिनिधीले घरमा पठाई दिए नाम नखुलाउने सर्तमा स्रोतले वतायो । स्थानियको व्यापक दवाव पछी उनीहरुलाई सोमवार साझ नै क्वारेनटाईनमा ल्याईएको थियो । स्वाव दिए पछी उनीहरुले घर जान जवरजस्ती गरे, वडा अध्यक्षलाई पनी टेरेनन् ।
उनीहरु नोनवा, वुढापार, लोहरौली र सुठौली गाउमा हुन । स्थानिय समाजसेवी मोहित मिश्राका अनुसार स्वाव संकलन गरेर घर आएपछी स्थानियले घटनाको जानकारी दिएको वताउनु भयो । दवाव परे पछी राती नै क्वारेन्टाईनमा फिर्ता ल्याएको वताइएको छ ।
यता गाउपालिकाका अध्यक्ष ग्रीजेश कुमार पाण्डेका अनुसार उहाहरुले जवरजस्ती गरेको वताउनु हुन्छ । पिसीआर चेकपछी कसैलाई पनी टेरेनन् । वडा अध्यक्ष संग कुरा हुदा पनी उनीहरुले नटेरेको जवाफ आएको अध्यक्ष पाण्डेले वताउनु भयो । क्वारेनटाईनको जिम्मा वडा अध्यक्षको हो पुरा विवरण अध्यक्षवाट आउने अध्यक्ष पाण्डेले वताउनु भयो । वडा अध्यक्ष लाईस पठानका अनुसार उनीहरु घरमा नपुगेको जुन गाउमा हो त्यहाको क्वारेनटाईनमा वसेको वताउनु भयो । उनी घरमा नपुगेको दवि गरे ।
१३ जेष्ठ २०७७, मंगलबार
प्रतिक्रिया