काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पटक कोरोना परीक्षण गरेपछि आफूमा संक्रमण भएको छैन भनेर ढुक्क नहुन सर्वसाधारण्मा आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एक पटक कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर नबस्न आग्रह गरेका गर्नुभएको हो ।
मानिसहरु कोरोना नेगेटिभ आएको रिपोर्ट सामाजिक संजालमा समेत सार्वजनिक गर्दै आफू कोरोना मुक्त रहेको समेत बताउन थालेपछि यसविषयमा प्रवक्ता डा. देवकोटाले सबैमा सचेत रहन आग्रह गर्नुभएको हो । अहिले कोरोना परीक्षण गर्ने कतिपय व्यक्तिहरुले आफ्नो नेगेटिभ रिपोर्ट आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विवरण नै समेत सार्वजनिक गर्ने गरेको पाइन्छ ।
अहिले परीक्षणको दायरा बढेसँगै कतिपयले कोरोना परीक्षण गराउनु भएको छ, उहाँहरुले नेगेटिभ नतिजा आउने वित्तिकै अब मलाई कहिल्यै कोरोना लाग्दैन, कोरोनाबाट मुक्त रहेछु भन्ने बुझाई सही होइन, प्रवक्ता डा. देवकोटाले एक पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउँदैमा कोरोनाबाट मुक्त नभइने बताउनुभयो । कोरोना निको भएर घर फर्किएकाहरुमा पुन पोजेटिभ देखिन सक्ने भन्दै कोरोना निको भएकाहरुलाई पनि सजक रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया