बिजनेस

भूइमा पि फर्म @ आइशोलेशन : मेयर भन्छन् रकम भएन, माथिल्लो सरकारले दिएन



कपिलवस्तु १४ जेठ   विद्यालय भित्रको कोठा भित्र पि फर्म राखिएको छ । पि फर्ममा राखिएको एउटा विस्तारा । विस्तरासंगै छ एउटा वाल्टी जग र सावुन । कोरोना संक्रमितको उपचारको लागि निर्माण गरेको कपिलवस्तुको एक आइसोलेसन सेन्टरके यो दृष्य हो । कपिलवस्तुको महाराजगंज नगरपालिकाले मंगलवार साझवाट यही कोठामा कोरोना संक्रमितलाई राखेर उपचार गराउने हो । लक्षण नदेखिएका विमारीलाई  एउटा कोठामा आठ सेट राखिएको छ । भारतिय दुतावासले निमार्ण गरेको भवनमा अहिले १७० वेडको यस्तै आइसोलेसन निमार्ण भएको छ । यो पि फर्म @ आइशोलेशन प्रदेशकै लागि नमुना हुन सक्छ ।

            नगरपालिकाले वडा नं. १ मा रहेको जानकी माविको भवनमा मंगलवार आईसोलेसन सेन्टर निमार्ण गरेको छ । उक्त सेन्टरमा २ सय जना राख्ने गरी विस्तार गरीने वताईएको छ । सेन्टरमा खानाको पनि व्यावस्था हुनेछ । केही स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत खटाईने छ । वेडको अभाव भएपछि पि फर्म राखेर संचालन गरेको महाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधे श्याम जयसवालले वताउनु भयो । अहिले ९ जना कोरोना संक्रमित राखिएको छ । सर्जिकल सामाग्रीका विक्रेतालाई सम्पर्क गर्दा वेडको कुनै अभाव नभएको वताउछन । कुनै निकायले माग गरेको २ दिन भित्र पुराउन सकिने मेडिक्स सर्जिकल वुटवलका संचालक विरेन्द्र श्रेष्ठ वताउनु हुन्छ । 

            नगरप्रमुख अव्दुल कलाम खाँका अनुसार नगरपालिकामा वजेटको अभाव भएको कारण उचित व्यास्थापन गर्न नसकिएको वताउनु भयो । योजनामा रहेको रकम ठेक्का भई काम सुरु भएको छ । वचेको पैसा खर्च भई सक्यो । जे जति सकिन्छ त्यही गर्छौ । संघिय र प्रदेश सरकारवाट केही सहयोग भएको छैन । मिलेर काम गर्ने वातावरण भए नमुना वनाउन सकिन्छ मेयर कलामले वताउनु भयो ।

जेततेन गरेर वनाएको आईसोलसन सेन्टर मंगलवार साझ नगरपालिकाका  मेयर अव्दुल कलाम खा र प्रदेश नं. ५ सामाजिक विकास समितीका सभापती दिर्घनारायण पाण्डेले हत्तपत्त समुदघाटन समेत गर्नु भयो । सामाजिक विकास समितीका अध्यक्ष पाण्डेको गृह नगर समेत हो ।  कोरोना संक्रमितको उपचारमा न्युनतम कुरालाई पनी ध्यान नदिई आईसोलेसन निमार्ण गरीनु हुदैन । जती थेग्न सकिन्छ त्यती वनाउने तर मापदण्ड अनुसारको वनाउनु पर्छ । राज्यले लगानी गर्न डराउनु हुदैन तौलिहवा चेम्वर अफ कर्मसका अध्यक्ष गोपि कृष्ण शर्मा वताउनु हुन्छ । 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६