काठमाडौं, १५ जेठ । नेपालमा गणतन्त्र घोषणा भएको आज १२ वर्ष पूरा भई तेह्रौँ वर्ष प्रवेश गरेको छ । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तत्कालीन जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरेको थियो ।
सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिदै आए पनि गत वर्षदेखि गणतन्त्र दिवसक बिदा कटौती गरेको छ । देशमा गणतन्त्र आएको एक दशक भइसक्दा पनि विकास र जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ ।
गृह मन्त्रालयले विज्ञप्ती जारी गरी आज र भोलि साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन सबैमा अनुरोध गरेको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।
प्रतिक्रिया