अर्थ-वाणिज्य

इट्टा मजदुर ब्यवस्थापनको चुनौती, दुई जिल्लालाई करिव १५ करोड बढीको ब्ययभार



कपिलवस्तु १५ जेठ   प्रदेश ५ को दाङ्ग र प्रदेश ६ को कैलाली जिल्लाका लागि इटा मजदुर ब्यवस्थापनको चुनौती थपिदै गएको छ । ईटा उद्योगमा कार्यरत  ति दुई जिल्लाका २५ प्रतिशत  मजदुरका लागि मात्र पनि करिव १५ करोड ६२ लाख ५० हजार स्थानिय तहको कोषबाट खर्च हुने अवस्था श्रृजना हुने नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले बताउनु भयो । 

            प्रदेश ५ मा रहेका २ सय ५७ ईट्टा उद्योगमा कार्यरत मजदुर दाङ्ग र कैलाली जिल्लाका करिव २५ हजार मजदुर मध्ये २५ प्रतिशतका निम्ति मात्र ५० दिनका लागि राहत वाडदा समेत उक्त रकम खर्च हुने अनुमान गरिएको नेपाल ईट्टा उद्योग महासंघले जनाएको छ । प्रदेश ५ का इटा उद्योगमा रहेका करिव ५१ ह्जार ४ सय मजदुर घर फर्कनै क्रमसंगै स्थानिय तहका लागि थप आर्थिक ब्यय भार थपिने भएको हो । उनीहरु मध्ये करिव २५ हजार मजदुर नेपाली रहेका छन् भने करिव २६ हजार ४ सय मजदुर भारतीय रहेको नेपाल ईट्टा उद्योग महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले स्पष्ट पार्नु भयो ।  

            नेपाली मजदुर मध्ये अधिकांश मजदुर दाङ्ग र कैलाली जिल्लाका रहेको महासंघले जनाएको छ । ती इटा उद्योगका मजदुर मध्ये करिव २५ प्रतिशत मजदुर निकै कमजोर आर्थिक अवस्थाका भएकोले तीनिहरुका निम्ति स्थानिय तह स्वयमले  ठूलै आर्थिक ब्यवस्थापन गर्नुपर्ने देखिएको महासंघको भनाई छ । सिजनको समयमा उद्योगमा काम गर्ने मजदुरहरु असार देखी कात्र्तिक सम्म घरमै बसी मजदुरी गर्ने गर्दर्थे । 

            लकडाउनका कारण उनीहरुले मजदुरी गर्न नपाउदा ती ६ हजार २ सय ५० घर परिवारलाई दैनिकी चलाउन कि त साहु नै काडनु पर्छ  । या त राज्यले नै हेर्नु पछ । यस्तो अवस्थामा राज्य नै जवाफ देही हुनुपर्ने हुन्छ । त्यसैले एउटा पाँच जनाको  परिवारलाई दैनिक ५ सयका हिसावले १ सय ५० दिन मध्ये  ५० दिन मात्र राज्यले राहत दिदा समेत करिव १५ करोड ६२ लाख ५० हजार राहतमा राज्य कोषबाट खर्च हुने अनुमान गरिएको महासंघले जनाएको छ ।   

            छिमेकी मुलुकबाट अनपेक्षित रुपमा स्वदेश फर्कर्नेको लर्को बढी रहदाको अवस्था र  स्वदेशकै उद्योगमा कार्यरत मजदुर समेत घर फर्कदा स्थानिय तहका लागि भने निकै ठूलो आर्थिक बोझ थपिने भएको हो । विगतका वर्षहरुमा इटा उद्योगीहरु स्वयमले उनीहरुलाई अग्रिम रकम दिने चलन भएको भएपनि यसपाली इटा उद्योगी नै धरासायी भएकोले उद्योगीले पेश्की बाडन नसक्ने अवस्था श्रृजना भएको महासंघले जनाएको छ । प्रदेश ५ का खास गरी कपिलवस्तु ७७ र रुपन्देही  ५७, नवलपरासी २०, दाङ्ग २४, बाँके ५५, वर्दिया २२, अर्घाखाँची र पाल्पा एक एक गरी प्रदेश पाँचमा करिव २ सय ५७ ईटा  उद्योग संचालनमा रहेको नेपाल ईट्टा उद्योग महासंघले जनाएको छ । 

            यी उद्योगहरुमा इटा पथाई, बोझाई, झोकाई, निकासी, अमानी जस्ता कार्यमा नेपाली मजदुरहरु धेरै छन् भने मिस्त्री र इटा ढुवानी साधन बुक्की जस्ता कार्यमा अधिकाशं भारतीय रहेको महासंघको जनाएको छ । अहिले पनि बढी पारिश्रमिक हुने मिस्त्री र बुक्कीको ढुवानी कार्यमा नेपाली श्रमिक नहुदा ठूलो धनरासी भारत जाने गर्दछ । ईटा उद्योगमा कार्यरत मजदुरले दैनिक १ हजार देखी ३ हजार रुपैया सम्म आम्दानी गर्ने गरेको एक एस.वि.आई उद्योगका मेठ तिलक डंगोरियाले बताउनु भयो । मेठ डंगुरियाका अनुसार अधिकांशले पैसा बचाउने गरेको तर केहीले भने पर्जुल खर्च गर्ने बानीका कारण  कारण राम्रो बचत गर्न नसकेको बताउनु भयो ।  

            महासंघले यस वर्ष निरन्तरको वर्षा, लकडाउन, जिल्ला शिल गर्ने जस्ता कारण ईट्टा उत्पादनमा ५० प्रतिशत कमी आएको जनाएको छ । जसका कारण एकातिर चरम अभाव हुने भएकोछ भने अर्काेतर्फ ब्यावसायी पनि टाट पल्टीने अधिक संभावना देखा परेको दावी गरेको छ । महासंघले एक वर्ष सम्म वैंकको सम्पूर्ण ब्याज किस्ता रोक्न आग्रह गर्दै आगामी बजेट मार्फत ईट्टा उद्योगलाई सुलभ ब्याज दरमा कर्जा प्रवाह गर्न माग गरेको छ । महासंघका प्रथम उपाध्यक्ष सफर अलिमियाले काचो ईट्टाको बिमाका निम्ति राज्यको तर्फबाट पहल गर्न समेत माग गर्नु भयो । लामो समयको लकडाउनका कारण स्वदेशी उद्योग धन्दा आर्थिक दल दलमा पर्दा नेपाली अर्थतन्त्र नै उठन नसक्ने गरी फस्न सक्ने संभावनालाई ध्यानमा राख्दै सुरक्षित श्रम गर्ने वातावरण सहितको लकडाउन गर्नु पर्ने उद्योगीहरुको धारणा रहेको छ । समयमै यस तर्फ ध्यान नपुराउने हो भने रोगले भन्दा भोकले महामारी फैलने संभावना सबैका लागि अझ चुनौतीपूर्ण हुन सक्ने जनाएको छ । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६