सउल, १६ जेठ । धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार जेठ १२ गते यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो । गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकामा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो ।तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ पर्षीय तमाङ अवैधानिक भएका कारण कुनै स्वस्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारी दिनुभयो । यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
प्रतिक्रिया