ब्रेकिंग न्युज

ग्यास लिक भई आगलागी हुँदा पाँच घाइते



काठमाडौँ १६ जेष्ठ ।  ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् ।रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उहाँका श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उहाँका आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।उहाँले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको घाइतेको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा सिफारिस गरी पठाएको बताउनुभयो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको हो । ग्यास पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको भन्ने बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्साकोठा पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६