सलह किरा अफ्रिकामा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो । जुन अहिले विभिन्न राष्ट्रहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक बर्गकिलोमीटर क्षेत्रफलमा १ करोड सम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ। पहेलो रंगको साना सिङ्ग हुने यो किरा हेर्दा फत्याङ्ग्रो जस्तो देखिन्छ ।
एउटा सानो सलह किराको झुण्डले एकै दिनमा ३५००० हजार मानिसलाई पुग्ने खाद्य वस्तु नस्ट गर्न सक्छ । सुडानबाट उडेको यो सलह पाकिस्तान हुँदै भारतको राजस्थान , मध्य प्रदेश , गुजरात , उत्तर प्रदेशसम्म आईपुगेको छ । सुदूर पश्चिमबाट प्रवेश गरी ५ नंं प्रदेशमा समेत सहल आउन सक्ने अनुमान गरिएको छ ।यो आउनु पूर्व यसले निम्ताउने विनासतर्फ सजग बन्दै विशेष सावधानीहरु अपनाउनु आवश्यक छ । सलहले हाम्रो आखाले देख्न सकिने जति सबै हरियालीलाई नष्ट गर्न सक्छ । एकातिर कोरोनाको कहरले नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्दै गएको छ अर्कोतिर कृषि क्षेत्रमा किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई तहस नहस पार्न सक्ने देखिएको छ ।
अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश गम्भीर चुनौतीका रुपमा रहने छ । सलह किसानहरुको ठूलो शत्रु रहि आएको र कतिपय देशमा खाद्य संकट भएको पाइन्छ। नेपालमा यसको सक्रमण बाट जोगाउन सरकारले बेलामै सलह ब्यबस्थापन र नियन्त्रणमा सोच अहिलेदेखि बनाउनु आवश्यक छ ।
सलहबाट बालीनाली जोगाउन किसानले निम्न उपाय अपनाउन सक्छन् ।
स्पिकर बजाउने ,ठूलो आवाज निकाल्ने खालका यन्त्रहरु प्रयोग गरी भगाउने ।
बोटबिरुवामा बस्न लागेको अवस्थामा खर, पराल र झारपात आदि बालेर धुवा निकालेर बस्न नदिई उडाउन सकिन्छ ।
जैविक विषादीहरुको उपयोग विधि अपनाउने मालाथिएन, डाइजिनन र फिप्रोनिल बिषाधिको प्रयोग सब भन्दा सफल मानिएको छ।
यसका लागि यन्त्रको सहायताले बिषादी स्प्रे गर्ने जसकारण बिषादीको बचत हुनुका साथै धेरै क्षेत्रमा स्प्रे गर्न सकिन्छ ।
किराले प्रजजन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
अलि बढी फैलिएको ठाउँमा भने जैविककिट्नाशक औषधि प्रयोग गर्न सकिन्छ ।
क्षतिग्रस्त क्षेत्रमा बोरिक एसिड प्रयोग गर्ने जसकारण सलहको संख्या घटाउन सकिन्छ।
प्राकृतिक सिकारी जस्तैः चरा, माकुरा, छेपारोले सलह नियन्त्रणमा मदत पुर्याउँछ। लसुन स्प्रेको गन्धले सलहबाट बच्न मदत गर्छ।
यसको लागि २ लौंग लसुन ८ कप पानीलाई पिस्ने र उमाल्नुपर्छ ।
सलह आईनसकेको अवस्थामा के गर्ने ?
धानको ब्याड राख्न केहि १ हप्ता ढिला गर्ने । यदि ब्याड राखिसकेको भए झुलको प्रयोग गरेर जोगाउने ।
प्रतिक्रिया