विचार/ब्लग

पुरानो प्रवासी शत्रुजीव सलह आउन सक्छ ख्याल गरौं



सलह किरा अफ्रिकामा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो । जुन अहिले विभिन्न  राष्ट्रहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक बर्गकिलोमीटर क्षेत्रफलमा १ करोड सम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ। पहेलो रंगको साना सिङ्ग हुने यो किरा हेर्दा फत्याङ्ग्रो जस्तो देखिन्छ ।


            एउटा सानो सलह किराको झुण्डले एकै दिनमा ३५००० हजार मानिसलाई पुग्ने खाद्य वस्तु नस्ट गर्न सक्छ ।  सुडानबाट उडेको यो सलह पाकिस्तान हुँदै भारतको राजस्थान , मध्य प्रदेश , गुजरात , उत्तर प्रदेशसम्म आईपुगेको छ ।  सुदूर पश्चिमबाट प्रवेश गरी ५ नंं प्रदेशमा समेत सहल आउन सक्ने अनुमान गरिएको छ ।यो आउनु पूर्व यसले निम्ताउने विनासतर्फ सजग बन्दै विशेष सावधानीहरु अपनाउनु आवश्यक छ ।  सलहले हाम्रो आखाले देख्न सकिने जति सबै हरियालीलाई नष्ट गर्न सक्छ । एकातिर कोरोनाको कहरले नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्दै गएको छ अर्कोतिर कृषि क्षेत्रमा किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई तहस नहस पार्न सक्ने देखिएको छ ।

        अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश गम्भीर चुनौतीका रुपमा रहने छ ।  सलह किसानहरुको ठूलो शत्रु रहि आएको र कतिपय देशमा खाद्य संकट भएको पाइन्छ। नेपालमा यसको सक्रमण बाट जोगाउन सरकारले बेलामै सलह ब्यबस्थापन र नियन्त्रणमा सोच अहिलेदेखि बनाउनु आवश्यक छ ।


सलहबाट बालीनाली जोगाउन किसानले निम्न उपाय अपनाउन सक्छन् ।

स्पिकर बजाउने ,ठूलो आवाज निकाल्ने खालका यन्त्रहरु प्रयोग गरी भगाउने ।

बोटबिरुवामा बस्न लागेको अवस्थामा खर, पराल र झारपात आदि बालेर धुवा निकालेर बस्न नदिई उडाउन सकिन्छ  । 

जैविक विषादीहरुको उपयोग विधि अपनाउने मालाथिएन, डाइजिनन र फिप्रोनिल बिषाधिको प्रयोग सब भन्दा सफल मानिएको छ। 

यसका लागि यन्त्रको सहायताले बिषादी स्प्रे गर्ने जसकारण बिषादीको बचत हुनुका साथै धेरै क्षेत्रमा स्प्रे गर्न सकिन्छ ।

किराले प्रजजन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।

अलि बढी फैलिएको ठाउँमा भने जैविककिट्नाशक औषधि  प्रयोग गर्न सकिन्छ । 

क्षतिग्रस्त क्षेत्रमा बोरिक एसिड प्रयोग गर्ने जसकारण सलहको संख्या घटाउन सकिन्छ।

प्राकृतिक सिकारी जस्तैः चरा, माकुरा, छेपारोले सलह नियन्त्रणमा मदत पुर्याउँछ। लसुन स्प्रेको गन्धले सलहबाट बच्न मदत गर्छ।

यसको लागि २ लौंग लसुन ‌ ८ कप पानीलाई पिस्ने र उमाल्नुपर्छ 

सलह आईनसकेको अवस्थामा के गर्ने ?

धानको ब्याड राख्न केहि १ हप्ता ढिला गर्ने  । यदि ब्याड राखिसकेको भए झुलको प्रयोग गरेर जोगाउने ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६