कपिलवस्तु १७ जेठ ।शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुले ७२ लाख लागतमा नयाँ आइशोलेशन अस्पत्ताल बनाउने कार्य तीव्र पारेको छ ।
कोभिड १९ विरुद्धको ब्यापक तयारी अन्तर्गत नगरको ६५ लाख र उपभोक्ताको ७ लाख २७ हजार गरी ७२ लाख २७ हजारमा बनाउदै गरेको ५० बेड क्षमताको आइशोलेशन अस्पत्ताल बन्दै गरेकोछ ।
अस्पत्ताल निर्माणका लागि समाजसेवि महादेव पोख्रेलको संयोजकत्वमा सर्बदलिय समिती वनाइएकोछ ।
१५ देखि २५ दिनमा निर्माण सम्पन्न गर्ने गरी जेठ ७ वटा काम शुरु गरिएको मेयर नेत्रराज अधिकराीले बताउनु भएको छ ।
सायद नयाँ भवन नै वनाएर आईशोलेशन अस्पत्ताल चलाउने हिम्मत गर्ने नगरपालिका कपिलवस्तुका लागि शिवराज नै एकमात्र हुनुपर्छ । तस्बीर सौजन्य : सिताराम चौधरी
प्रतिक्रिया