ब्रेकिंग न्युज

प्रतिनिधी सभामा संविधान संशोधन विधयेक पेश ,जनता समाजवादी नेपाल तिर की भारत तिर ?





काठमाडौं  १८ जेठ ।सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्नुभएको हो ।प्रतिपक्षी नेपाली कांग्रेसको शनिबारको बसेको केन्द्रीय कार्यसमिति बैठकले संशोधनको पक्षमा उभिने निर्णय गरेपछि सरकारले विधेयक प्रस्तुत गरेको छ । मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराउनु भएको थियो ।

नेपाल कै इतिहासको नयाँ काम भारतले मिचेको नेपाली भूमी फिर्ता गर्नेगरी प्रतिनिधी सभामा संविधान संशोधन विद्ययेक आज पेश भएको छ । आफैमा प्रचण्ड बहुमतमा रहेको नेकपालाई नेपाली कांग्रेसले दिएको साथले २ तिहाई भन्दा ठूलो समर्थन प्राप्त भएकोछ। यस्तो बेलामा सबै भन्दा ठूलो संकटमा जनता समाजवादी परेकोछ । संविधान संशोधनमा ऐक्यवद्धता जनाउदा उसको मातृत्व कर्ता भरणपोषण दाता  मानिने भारत रिसाउने संविधान संशोधनवाट भागेमा वा फरक मत राखेमा नेपालको राजनीतिमा अस्तित्व समाप्त हुने यहि दोधारमा जनता समाजवादी रहेकोछ । सही समयमा सही निर्णय गरेर राष्ट्रको पक्षमा लाग्न नसके रोटीबेटीको सम्वन्ध त रहला तर सो पार्टी नेपाली जनता बीच रहन मुस्किल हुनेछ । 

    उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ ।भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो । ती क्षेत्र फिर्ता गर्नेबारे सरकारले कूटनीतिक पहल गर्ने बताउँदै आएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६