अर्थ-वाणिज्य

तरकारी काण्डका नाइके डिएसपी बिष्टको महोत्तरी सरुवा, विभागिय कारवाही र क्षेतिपूर्ति गराउने सांसद पन्थीको चेतावनी



अर्घाखाँची १९ जेठ अर्घाखाँचीमा कोरोना लागेको तरकारी भन्दै कपिलवस्तुका किसानले उत्पादन गरेको तरकारी डम्पीङ साइटमा लगेर गाड्न आदेश दिने डिएसपी प्रकाश बिष्ट अन्ततः महोत्तरी जाने भएकाछन् । करिव १ वर्ष अर्घाखाँची बसेका बिष्टको सरुवा हुने चर्चा यस अघि नै थियो । राम्रै ठाउमा जादैछु भन्दै आएका बिष्टले अर्घाखाँचीमा ज्यादती गरेकै २४ घण्टा भित्र महोत्तरी जाने गरी सरुवा भएको हो । सरुवा तरकारी फयाके कै आधारमा भयो भन्नु जायज नहोला ।

                 तर  डिएसपी बिष्ट जुनवाटो हुदै महोत्तरी जानेछन् त्यो वाटोमा कपिलवस्तु आउदै गर्दा उनको मनमा यो जिल्लाले मलाई मानव ठान्दैन । पढे लेखेको जाने बुझेको राष्ट्रसेवक मान्दैन । यहा मैले कुनै ठाउमा रोकिएर मेरो परिचय दिए भने हरेकले मलाई दुत्कार्ने छन् । धिक्कार्नेछन् भन्ने अवश्य स्मरण गर्नेछन्। अव उनी महोत्तरीमा गएर भारतवाट आउने तरकारी रोकेर डम्पीङमा फयाक्ने हिम्मत गर्लान त ? अवश्य उनले यसो गर्न सक्ने छैनन। त्यसैले प्रहरीका यी हाकीम नचाहिने विवादमा फसेका छन् । अर्घाखाँचीका प्रजिअ विजयराज पौडेलले कपिलवस्तुवाट आयातित तरकारी फिर्ता गर्न भनेपनि डम्पीङमा पुर्न नलगाएको प्रष्टीकरण दिई सकेका छन ।

          यता उक्त घटनापछि कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले फेसबुक वालमा लेखेका छन् —“यो तरिकाले न कोरोनाबाट बचिन्छ न जितिन्छ केबल हारिन्छ मात्र । अर्घाखाँचीमा घटेको यो दुखद घटना सुनेर म आज बुद्धभुमि नगरपालिका धनकौली पुगेर तरकारी जोनका अध्यक्ष मुस्कान केवट सहित किसानहरुलाइ भेटे अनि आज भएको नोक्सानी करिब रु साठी हजार  ती फ्याक्ने मतियारबाट असुल उपर गराउने छौ भनी आश्स्त पारेर फर्किए ।”

        “यस घटनामा जतिसुकै निन्दा र भर्तसना गरेपनि पुग्दैन । हामी मानव अधिकार ,अदालत ,अख्तियार र बिभागिय उजुरी सबैतिर हार गुहार गर्नेछौ र किसान लाई क्षतिपूर्ति सहित न्याय र यी र यस्ता तोरिवोटे अब अरुकिसान पीडित हुननपर्ने नजिर पनि स्थापित गर्नेछौ।”                                   संसद पन्थीको भनाईलाई विश्वास गर्दा के कपिलवस्तुका किसानको तरकारी डम्पीङमा फ्याक्ने डिएसपी बिष्टलाई विभागिय कारवाही गर्ने काम होला त ? के उनको निर्देशनमा फ्याकिएको हो भने क्षेतिपूर्ति भराउने काम होला त ? यसले प्रतिप्रश्न खडा गरेकोछ । कपिलवस्तुका पीडित किसानले सांसद पन्थीले भने जस्तै भएको हेर्न चाहान्छन् । तर के हुन्छ भविश्यले नै देखाउनेछ । तरकारी काण्डका मुख्य नाइके भनिएका डिएसपी बिष्टको प्रतिकृया लिन ९८५७००५५५५ नम्वरमा धेरै पटक फोन गर्दा पनि रिसीभ भएन । 

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६