कपिलवस्तु, २१ जेठ । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा मंगलबार राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि धारिलो हातियार प्रहार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।
प्रतिक्रिया