ब्रेकिंग न्युज

संक्रमित बोक्न तयार भएनन्, प्रहरी निरीक्षकले गाडीमै ओसारे



कपिलवस्तु, २१ जेठ । कोरोना संक्रमित क्वारेन्टाईनमा अलपत्र पर्दा संक्रमण फैलिने त्रासमा बसेका थिए । आईसोलेसन सेन्टर तयारी अवस्थामा थियो । तर गाडीमा ओसार्न कोही तयार भएन । एम्वुलेन्सले समेत ओसार्न मानेन् ।  कोही तयार नभए पछी कपिलवस्तुका एक प्रहरी अधिकृत पिपिई लगाएर अगाडी बढे । पिकअप गाडी आफैले चलाएर उनीहरुलाई आईसोलेसनमा पुराए । ति संक्रमित तिन दिन देखी अलपत्र परेका थिए ।            
       कपिलवस्तुको कृष्णनगर नगरपालिकाका कोरोना संक्रमितलाई प्रहरी निरीक्षक प्रताप पौडेलले उद्धार गरी आईसोलेसन वार्ड पुराएका छन । संक्रमितलाई वोक्न डराए पछी, पौडेल आफै तयार भएका थिए । उनले पिपिई लगाएर २२ संक्रीमतलाई आईसोलेसन पुराएका थिए । नगरपालिकाका ६ क्वारेनटाईनमा रहेका संक्रमितलाई आईसोलेसन पुराउन उनलाई ६ घण्टा लागेको थियो । कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मिनगरको मदरसामा रहेको आईसोलेसनमा सोमवार दिउसो ३ वजे देही ओसार्न सुरु गरेका थिए । राती ९ बजे सवै संक्रमितलाई आईसोलेसनमा पुराएका थिए ।
‘एम्वुलेन्स तयार थिएन । अरु कोहीले पनी मानेनन् । क्वारेन्टाईनमा मानिसहरु डराएका थिए । संक्रमितहरु नजिक पर्छन की भनेर झनै आतिए । त्यो देखेर मैले केही गर्नु पर्छ भन्ने आट जाग्यो पौडेलले वताए । यस अगाडी पनी कृष्णनगर सिमा क्षेत्रमा कोरोना संक्रमणबाट मृत्युवाट भएकालाई पौडेलले बोकेर एम्वुलेन्समा ल्याएका थिए । ‘लामो समय सम्म पिपिई लगाउदा वढी पसिना वगेको थियो । मलाई डर भने लागेन । शारीरिक रुपमा तन्दुरुस्त भएको कारणले जोखिम लिन तयार भएको थिए,’ पौडेलको भनाई थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगरका सवारी चालक कोरोना संक्रमण भई आईसोलेसनमा गए पछी  पौडेल आफैले जोखिम पुर्ण काम गरेका छन । पौडेलले सिमा क्षेत्रको निरीक्षण गर्ने , क्वारेन्टाईन र आईसोलेसनको अनुगमन गर्ने समेत गर्दै आएका छन ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६