सूचना र प्रविधि

आइशोलेशनवाट आफुखुशी फर्किएका संक्रमितलाई नियन्त्रणमा लिएर बिद्यालयमा राखेका छौं :प्रजिअ



कपिलवस्तु २१ जेठ ।  कोरोना संक्रमितलाई राख्न बनाईको आइसोलेसन सेन्टरमा बस्न अस्वीकार गरेर आफूखुशी फर्किएका कपिलवस्तुको शुद्धोधन गाउपालिकाका १९ जना संक्रमितलाई स्थानीय प्रशासनले बिचवाटो वाटै नियन्त्रण्मा लिई पुन अर्काे एक विद्यालयमा राखेको छ । उनीहरु गौरा स्थित आधारभुत बिद्यालय गौराको पुर्ववत बिद्यालयकै क्वारेन्टाईन फर्कन हिडेको  जनाकारी पाउदा साथ प्रहरीलाई पठाएर उनीहरुलाई स्थानीय विद्यालयको अर्काे एक भवनमा  लगेर राखेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

        बुधबार जिल्लाको शुद्धोधन गाँउपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित सबै शुद्धोधन गाँउपालिका ६ का थिए । सो वडाको गौराका मात्रै १९ जनामा संक्रमण पुष्टी भएको थियो भने अरु संक्रमित महादेव र बेलभरिया गाँउका थिए ।संक्रमण देखिएका व्यक्ति वडा नम्बर ६ को गौरा स्थित आधारभुत बिद्यालय गौराको क्वारेन्टाईनका हुन् । उनीहरुलाई संक्रमण देखिएपछि एम्बुलेन्समा राखेर शुद्धोधन गाँउपालिकाको लबनीमा रहेको अल शेख हस्पिटलमा निर्मित आइसोलेसनन सेन्टरमा लगिएको थियो । १५ शैया क्षमताको सो आइसोलेसनमा यस अघि संक्रमण देखिएका मध्य १ जना थिए । थपिएका २८ जना पछि संक्रमितको संख्या २९ पुगेको थियो । १५ वेड वाहेकका वाँकी बेड बरण्डामा समेत ब्यवस्थित गरेर राखिएको अस्पत्तालका प्रोपाइटर अजिजुर रहमान शेषले जानकारी दिनु भयो। तर कसैले उहाहरुलाई उचालेछन् ।

       अस्पत्तालमा बस्दा यताउता घुम्न पाइदैन विद्यालयमा भए घुमफिर गर्न पाइन्छ भनेपछि उहाहरु विद्यालयमा जान उत्प्रेरीत हुन भएको हो ।  मासिक ३० हजार रुपैया भाडामा लिई अल शेख अस्पतालमा १५ शैयाको आइसोलेसन तयार पारेको गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक असफाक अहमद खाँले जानकारी दिनु भयो । विद्यालय भन्दा धेरै ब्यवस्थित अस्पत्ताल थियो तर उहाहरु किन फिर्ता हुनु भयो बुझन सकिएन उहाले भन्नु भयो । “संक्रमितलाई राख्न १५ शैयाको आइसोलेसन बनाएका थियौ । आईशोलेशनको क्षमता बढि संक्रमित फेला परे पछि तत्कालै पालिकाबाट २५ बेड किनेर बस्ने व्यवस्था मिलायौं ।

        तर कसैको उक्साहटमा क्वारेन्टाईनमै फर्कन्छौ भन्दै संक्रमण भेटिएका व्यक्ति हिडेछन संचालक अजिजुरले प्रेसपाटीलाई वताउनु भयो  । “ २९ जना संक्रमितलाई खाना तयार भै सकेको थियो तर खानापनि छाडेर उहाहरु आफूखुशी फर्कनु भयो शेषले भन्नु भयो ।  लबनी स्थित आईशोलेशन सेन्टरबाट हिडेका उनीहरुलाई प्रहरीले बाटैको टिटिहिरीया भन्ने स्थानमा समुहमै रहेका बेला फेला पारेको थियो । आइसोलेसनमा बस्न नमानेर पुनः गौरा स्थित क्वारेन्टाईनमा फर्किएका १९ जनालाई आधारभुत बिद्यालय गौरामा लगी छुट्टै भवनमा राखिएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदीले जानकारी दिनु भयो । 

 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६