ब्रेकिंग न्युज

दोषिलाई कारबाहीको माग गर्दै सडकमा उत्रियो ने बि सघं र तरुण दल



कपिलवस्तु २२ जेष्ठ ।   रुकुम पश्चिममा भएको नवराज विक लगायतको हत्याको विरोधमा बुधबार कपिलवस्तुको बुद्धभुमिमा तरुण दल र नेविसंघ उत्रिएको छ ।  दोषिलाई कारबाहीको माग गर्दै ने बि सघं र तरुण दल सडकमा उत्रिएको हो । गोरुसिंगे सर्पदशं उपचार केन्द्रको अगाडीबाट सुरु भएको प्ले कार्डसहितको र्‍याली गौतमबुद्ध क्याम्पस चोक पुगेर पुनः फर्कि कोणसभामा परिणत भएको नेविसंघका कल्याण खनालले बताए ।प्रर्दशनका क्रममा नेताहरुले दोषिलाई कारबाही गर, पीडितलाई न्याय दे, जातीय विभेद अन्त्य गरौं, घटनाको सत्य तथ्य निष्पक्ष छानवीन गर, घटनालाई राजनीति गन्ध दिन पाईदैन, सामाजिक सद्भाव कायम गरौं लेखेका प्ले कार्ड बोकेका थिए ।     

     दीपेन्द्र सिंहको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता अनिल कुमार घिमिरे, दधिराम न्यौपाने, बालकृष्ण बेल्वासे, दलित नेता रामदेव पासी, डम्बर सिंह सुनार, नेविसंघका नेता रुपक खनाल लगायतले बोल्दै घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।कार्यक्रमको सञ्चालन नेविसंघका बुद्धभूमि नगर सभापति अच्युत अर्यालले गर्नुभएको थियो  ।यो घटना विरुद्ध देशभर भई रहेका विरोधका बीच कपिलवस्तुमा विभिन्न स्थानमा दिनहु यस्तै कार्यक्रम भई रहेका छन ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६