कपिलवस्तु २३ जेठ ।कोरोनाले सिंगो विश्व आक्रान्तछ । नेपालका ५ दर्जनबढी जिल्ला प्रत्यक्ष प्रभावित छन् । कपिलवस्तुको कुरागर्दा नेपालमै सबैभन्दा उच्च कोरोना जोखिमको जिल्ला बन्न पुगेकोछ । यस्तो बेलामा कपिलवस्तुका प्राय स्थानीय सरकारहरु निकै मेहनतका साथ जनताको जीउधनको सुरक्षा र जिविको पार्जनको सुनिश्चितता जुटेका छन्। त्यस मध्ये एक नमुना गाउ बनेको छ बाणगंगाको वडा नं ८ । जसले सबै टोलवस्तीका नागरिकलाई कोरोना कालमा खान नपाएर छटपटाउने स्थिती आउन नदिन आफ्नै खाद्य बैक स्थापना गरेर एक महिना देखि निरन्तर संचालन गर्दै आएको छ । यतिमात्र होइन वाणगंगा नगरको वडा नं ८ ले नागरिकलाई कोरोनाबाट बचाउन टोलटोलमा सार्वजनिक सचेतिकारण अभियान चलाएको वडाध्यक्ष गुणानिधी भुसालको भनाइछ ।
कोभिड १९ का कारण क्वारेन्टाइन व्यवस्थित बनाउदै पहिलो चरण चैत्र १ देखि वडामा बाहिरबाट आउनेको सुची तयार गरिए अनुसार कामलाई योजनाबद्ध रुपमा अगाडि बढाउदै लगेको छ। शुरुमा भारतबाट आएका २५ र अन्य देशबाट आएका ७ जनालाई होम क्वारेन्टाइनमा राखेको सो वडाले विभिन्न स्थानमा ब्यबस्थित सार्वजनिक क्वारेण्टाइन चलाएको छ । अहिले भारत तथा विदेशबाट आउनेको सुचि अग्रिम रुपमा तयार गरिएको छ । प्राप्त सुचना अनुसार जेठ २० पछि करिब १ सय जना आउने जनाइएको छ ।उनीहरुलाई कसरी भन्सार विन्दुवाट क्वारेण्टाइन ल्याइपुराउने ,कहाँ राख्ने आदी स्पष्ट योजना बनाइएको अध्यक्ष भुसालको दावि छ ।
दुई महिनाको अवधिमा विभिन्न महत्वपुर्ण निर्णय र योजनाका साथ वडाले काम गरेको वडा अध्यक्ष भुषालले प्रेसपाटीलाई बताउनु भयो । जस अनुरुप स्थानिय व्यापारी तथा सहकारीहरुबाट हुदै आएको सहज आपुर्ति एव मुल्य नियन्त्रणको लागि अनुगमन गरिएको छ । आपतका बेला सहयोग गर्नु पर्ने भावनाको विकास वडावासीमा गराएको छ । विभिन्न व्यक्ति , सामुदायिक वन , तथा व्यवसायीहरुबाट वडा खाद्य वैंकमा सहयोग प्राप्त गरी ६० क्वीन्टल चामल , ३ क्बीन्टल दाल , १ सय लिटर तेल , २ सय पोका नुन स्टकका रुपमा जम्मा गरिएको छ । यसैवाट विपन्नलाई वितरण हुदै आएको छ ।
अति बिपन्न र गरीबहरुको लागत संकलन गरि नगर राहतकोषबाट २ सय ६५ जनालाई राहत बितरण गरिएको छ । वडा स्तरिय राहतकालागि खाद्य वैंक स्थापना गरि करिब थप ३ सय जनालाई राहत बितरण गरिएकोछ । वडा खाद्य वैकबाट दोस्रो चरणमा थप ४९ जनालाई राहत बितरण गरेकोछ । भारतबाट आउने ७८ जनालाई कृष्णनगरबाट उद्धार गरि क्वारेन्टाइनमा राखिएकोमा ६ जनामा कोरोनाको लक्षण नदेखिएर घर फर्कि पछि हाल ६२ जना रहेका छन ।
उक्त वडामा १ जना पुरुषमा मात्र कोरोना देखिएको छ , उहावुटवल कोरोना अस्पतालमा रहेर उपचाररत हुनुहुन्छ ,अवस्था सामान्य रहेको छ । टोलविकास संस्था , सामुदायिक वन , युवा सञ्जालहरुले आआफ्नो टोलमा निगरानी तथा सचेतनाको लागि काम गरिराखेका छन । टोल टोलमा सरसफाईको बारेमा जानकारी गराउने काम भएको छ । विशेष काम नपरिकन घर देखि बाहिर जान नदिने काममा युवाहरु परिचालित भएको वडा कार्यालयले जनाएको छ । वडामा व्यवसायिक कृषकका उत्पादित वस्तुहरुलाई विक्रीका लागि सहजिकरण गरिएको छ । कसैकोे तरकारी पनि विक्री नभएर समस्या आएको छैन । .वडामा क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानिय संघसंस्थाहरुले पनि खाद्यान्नमा सहयोग पुर्याएको वडा अध्यक्ष भुषालले जानकारी दिनु भयो ।
बजेट कम भए पनि स्थानियको सहयोगले क्वारेन्टाइनमा बसेकाहरुलाई खानपानमा राम्रो व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो । वाहिरबाट आउनेहरुलाई खवर पाउना साथ पुग्ने र सुरक्षित तवरले ल्याएर क्वारेन्टाइनमा राख्ने काममा आफु लागि परेको उहाँको भनाई । वडालाई कोरोनाबाट बचाउन जुनसुकै वेलापनि तत्परताका साथ लागेको भुसालको भनाइछ । कोरोना कालमा कसैलाई कुनैपनि समयमा समस्या पर्न सक्छ भनेर वडाध्यक्षले राती १२/१ वजे आएका फोन समेत उठाउने गरी काम गर्नु भएको छ कुनै गुनासो छैन वडाबासी बिश्वास जिसीले भन्नु भयो ।
प्रतिक्रिया