बुटवल २३ जेठ । आज नेपाल लकडाउनको ७४ औँ दिन । आजसम्म नेपालमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । देशका विभिन्न स्थानमा व्यवसायीले आफुखुसी व्यवसाय सञ्चालनमा ल्याएका छन् । विभिन्न जिल्लामा समय तोकेर खाध्यन्न ,औषधि पसल , उधोगधन्दा सञ्चाल गर्ने निर्देशन जिल्ला प्रशासन ,स्थानिय तहले दिएपनी ,नियम विपरित व्यवसाय सञ्चालन भैरहेका छन् । यसै बिषयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफूखुसी बजार खोल्दा कोरोना भाइरस फैलिएर कस्ले जिम्मा लिने भन्दै प्रश्न गर्नुभएको छ ।
साँढे दुई महिना पछि व्यापारीहरुले आफूखुसी पसलहरु खोलेपछि मुख्यमन्त्री पोखरेलले यस्तो प्रश्न गर्नुभएको हो ।उहाँले क्वारेन्टाइन र लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पनि दाबी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गंभीर बनौ।’
प्रतिक्रिया