ब्रेकिंग न्युज

यशोधरा नेपालको सबै भन्दा बढी संक्रमण भएको स्थानीय तह



कपिलवस्तु

कपिलवस्तुमा ४४ जना
कोरोना संक्रमित थप भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार
शुक्रवार दिउसो महाराजगन्ज नगरपालिकामा १५ पुरुष र यशोधरा गाउँपालिकामा २९ पुरुषमा
कोरोना संक्रमण देखिएको बताइएको छ । यशोधरा गाउँपालिकामा ८ महिनाको बालकमा पनि
कोरोना संक्रमण भएको फोकल पर्सन कुमार थापाले बताउनु भयो ।

जिल्लामा कुल ४७५
जनामा कोरोना संक्रमण देखिएको छ । देशको सबै भन्दा बढी संक्रमण भएको जिल्ला
कपिलवस्तु हो । यशोधरा गाउँपालिकामा १३५ जनामा कोरोना संक्रमण भएको छ । यो थप भए
सँगै यशोधरा नेपालको सबै भन्दा बढी संक्रमण भएको स्थानीय तह वनेको छ । यसै गरी
महाराजगन्ज नगरपालिकामा ६५ जना
, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना , शिवराज नगरपालिकामा ४८
जना
, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका
२९ जना
,
बुद्धभुमी नगरपालिका २५ जना, बाणगंगा नगरपालिकामा २२ र
विजयनगर गाउँपालिकामा १६ जनामा संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये ३२
जना महिला रहेका छन् ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६