प्रदेश

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न पाइने



काठमाडौं, २३ जेठ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ ।

        अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र एक मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।  

        यस्तै कार्यविधिमा मृतकले प्रयोग गरेका लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । मृतकको शरीरसँगै सिधै सम्पर्कमा आउने कार्यजस्तै मुसार्ने, अङ्गालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य भने गर्न नहुने, अन्त्येष्टिको कार्य सकेपछि सबै व्यक्तिले हात साबुनपानीले राम्ररी धुुनुपर्नेजस्ता कुरा अपनाउनुपर्ने कार्यविधिमा भनिएको छ । 

        यस्तै बेवारिसे वा कसैबाट दाबी नभएका र कोभिड–१९ बाट मृत्यु भएको शङ्का लागेमा जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने उल्लेख कार्यविधिमा गरिएको छ । सङ्क्रमित भई मृत्यु भएको अवस्थामा शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीले सर्जिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, सकेसम्म मृतकको शरीर शवबाहनमा नै ल्याउनुपर्ने र शवबाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन बोक्ने व्यक्तिले मृतकको शरीर नछुने गरी बनाउनुपर्ने कार्यविधमा उल्लेख गरिएको छ । अन्त्येष्टि गर्दा व्यक्तिगत सुरक्षा कवच, मास्क, स्यानेटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने उल्लेख छ । (रासस)

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६