अर्थ-वाणिज्य

बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी



चितवन, २५ जेठ ।  चितवनको इच्छाकामना  गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५र०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको भविष्यका लागि बालिका र अभिभावकको संयुक्त नाममा बैंकमा खाता खोलिदिने गरेको छ ।

खोलिएको खातामा गाउँपालिकाले रु १० हजार जम्मा गरिदिने गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गर्भमै पहिचान गरी बालिकाको भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहन गर्न र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहित गर्न बालिका विकास कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयो । 

  कार्यक्रम शुरु भएको दुई वर्ष हुन लागेको छ । यस अवधिमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जन्मिएका ४१ बालिकाको बालिका विकास बचत खाता खोलिएको छ । कार्यक्रमका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । पहिलो आर्थिक वर्षमा रु पाँच लाख छुट्ट्याएको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु सात लाख विनियोजन गरेको थियो ।बालिका  विकास बचत  खाता कार्यक्रमसँगै स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले  बताउनुभयो । (रासस)

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६