काठमाडौं, २५ जेठ ।समाजवादी र राष्ट्रिय जनता पार्टीको एकीकरण तीन अध्यक्षसहित ५ पदाधिकारीमा टुंगो लागेसँगै जनता समाजवादी दल दर्ता प्रक्रिया अघि बढेको छ ।विद्यमान अन्तराष्ट्रिय र राष्ट्रिय राजनैतिमा एउटै पाटीका ३ जना अध्यक्ष रहने एउटा दल जसपा बनेको दावि गरिएको छ । उच्च स्रोतका अनुसार नेतृत्वमा देखिएको विवाद समाधानका निम्ति ५ पदाधिकारीमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहनेछन् भने त्यसपछिको समान वयितामा राजेन्द्र महतो र असोक राईको नाम टुंगो लागेको छ ।
निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा भएपछि अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिम्मेवारीका विषयमा पार्टीले टुंगो लगाउने निश्चित भएको छ ।जनता समाजवादीले नेकपाको दुई अध्यक्षात्मक अवस्थालाई पनि उछिनेर तीन अध्यक्ष बनाउने सहमति गरेको छ ।राजनैतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था अनुसारै दल दर्ताको निवेदन आज पेश भएकोछ ।
प्रतिक्रिया