अर्घाखाँची २६ जेठ । अर्घाखाँचीमा सोमबार एकैसाथ धेरै संक्रमित थपिएका छन् । एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका डा. कपिल गौतमले प्रेसपाटीलाई जानकारी दिनु भयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै क्वारेण्टाइनमा वसेका भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।अझै स्वावको परिक्षण गर्ने काम धेरै वाकी रहेकाले यो संख्या वढ्ने वताइएकाछ ।
यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।गत जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो ।
प्रतिक्रिया