बुटवल, ३० जेठ । बुटवल पाल्पा सडक खण्ड अन्तर्गतको सिद्धबाबामा ट्याक्सी दुर्घटना भएको छ । शुक्रवार दिउसो ३ बजे पाल्पाको तिनाउ गाउंपालिका स्थीत माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी १ व्यक्ति गंभीर अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुटवलबाट पाल्पा जादै गरेको कार दुर्घटना भएको हो । घाईतेको भएका व्यक्तिको नाम ओमप्रकाश अर्याल रहेको प्रहरीले जनाएको छ । लु १ ज ४०९३ कार तिनाउ नदिमा केही डुबेको अवस्थामा छ । दुर्घटना स्थल माथिल्लो सिद्दबाबाभन्दा माथि हेडबक्सभन्दा तल हो ।
प्रतिक्रिया