ब्रेकिंग न्युज

कपिलवस्तुका २ स्थानीय तहमा अनिवार्य पिसिआर ।



कपिलवस्तु ३१ जेठ

देशभर शत प्रतिशत  पिसिआर जाँचको आवाज उठेको वेला कपिलवस्तुका २ स्थानीय तहले  पिसिआर
अनिवार्य गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका र बुद्धभुमी
नगरपालिकाले आरडिटी परीक्षण रोकेर सबैलाई पिसीआर गर्ने बताइएको छ ।
क्वारेन्टाईनमा रहेका र आइसोलेसनमा भएकाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण
हुने छ । आर.डी.टी. विधिबाट परीक्षण गर्दा त्रास सिर्जना भएपछि सबैलाई
पिसीआर गर्ने गरी २ पालिकाले भिटिएम समेत खरिद गरेका छन् ।

“पिसीआर
जाँच गरेपछि जनतामा विश्वास हुने भएकोले अनिवार्य गरिएको हो । सुरुमा
केहीलाई आरडिटी विधिबाट परीक्षण गरेपनी एक साता देखी बन्द गरिएको छ । अव
सबैको 
पिसिआरबाट परीक्षण गरिने छ । हामीले स्वाब सङ्कलनका
लागी एक हजार थान भिटिएम समेत खरिद गरेका छौँ । ” शिवराज नगरपालिकाका
नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

यता बुद्धभुमी नगरपालिकाका
नगरप्रमुख केशव कुमार श्रेष्ठका अनुसार नगरपालिकाले आरडिटी परीक्षण गर्न
बन्द गरेको बताए । नीतिगत निर्णय नभए पनि अव पिसिआर विधिबाट मात्र परीक्षण
हुन्छ । पछिल्लो समयमा मिडिया र विज्ञहरूले समेत आरडिटी परीक्षण प्रश्न
उठाएपछि जनतालाई विश्वास दिलाउन शत प्रतिशत पी.सी.आर. लागु गरेको श्रेष्ठले
बताए  ।

यता जिल्लाका थप २ स्थानीय तहले कोरोना सङ्क्रमितहरू निको भए
पछि मात्र डिस्चार्ज गर्ने भएका छन् । समुदायमा त्रास बढ्ने भएपछि निको
नहुन्जेल सम्म सङ्क्रमितलाई आइसोलेसनमा राखिने भएको छ । बाणगंगा नगरपालिका र
बिजयनगर गाउँपालिकाले सङ्क्रमितलाई पिसिआर जाँच गरी नेगेटिभ आए पछि मात्र
घर फर्काउने बताइएको छ ।

जिल्लाका ६ स्थानीय तहले नयाँ निर्देशिका
अनुसार आइसोलेसनमा १४ दिन बसेका लक्षण नदेखिएका सङ्क्रमितलाई घर पठाई सकेका
छन् । ४ स्थानीय तहले पिसीआरको रिपोर्ट नआउँदा सम्म सङ्क्रमितलाई
आइसोलेसनमा राखेका छन् । कपिलवस्तुमा १ सय ७२ जना संयमितलाई डिस्चार्ज गरी
सेल्फ आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ । ४४ जना सङ्क्रमित रिपोर्ट
नेगेटिभ आए पछि निको भई घर फर्केका थिए ।

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६