ब्रेकिंग न्युज

नयाँ नक्सा पारित भएको खुसियालीमा दिप प्रज्वलन



कपिलवस्तु ३२ जेष्ठ ।  सरकारले संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित गरेको छ  । शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको हो । प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको हो ।  नेपालको नयाँ नक्सा संसदबाटै पारित भए लगतै देशैभर खुलीयालीमा दिप प्रज्वलन गरेको छ विभिन्न संघ संस्थाले दिपप्रज्लन कार्यक्रम राखेका थिए ।

                कपिलवस्तुको वाणगंगा ७ घेरुवा बनगाई चोकमा आज लायन्स क्लव अफ कपिलवस्तु र लियोक्लव अफ कपिलवस्तुले दिप प्रज्वलन गरि उत्सव मनाएको छ । सरकारले गरेको यस उदाहरणीय कामको खुलेर प्रसंसा गर्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काले सरकार धेरै कुरामा चुकने काम गरेता पनि आफनो देशको स्वाभिमान जोगाउनका लागि सरकाले आज संसद बाटै नक्सा पारित गरेको खुसियालीमा लियो क्लवमा आवद्ध सम्पुर्ण युवा सरकारलाई हौसला प्रदान गर्नका निम्ती आफुहरुले दिप प्रज्वलन कार्य राखेको वताउनु भयो   

                   उहाँले सरकारले यस्ता उदाहरयाीय कार्य गर्दै गए देशका सवै युवाको सरकारलाई पुर्ण साथ र समर्थन हुने कुरामा पनि उहाँले जोड दिदै लायन्य क्लव लियोक्लव सदैव समाज रुपान्तरणमा अग्रसर हुने वताउनु भएको हो । वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधी भुषालले लायन्स र लियो क्लव अफ कपिलवस्तुलाई दिप प्रज्वलन गरी सरकारलाई हौसला प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै हरेक क्षेत्रमा लनयन्स र लियो क्लवले गरेका उदाहरयाीय कार्यको खुलेर प्रसंसा गर्नु भएको थियो ।


             कार्यक्रममा लायन्स क्लवका अफ कपिवस्तुका पुर्व अध्यक्ष कृष्ण के सी अध्यक्ष कुमार खड्का , २०२१ का अध्यक्ष सुरेन्द्र घिमिरे लायन्स दोस्रो उपाध्यक्ष केशव सापकोटा लायन्सका सचिव राम सुभागे थारु रेडियो वाणगंगाका स्टेशन  म्यानेजर गणेश पोख्रेल लियो क्लव कपिलवस्तुको कार्यवाहक अध्यक्ष मदन पौडेल लगनयतको उपस्थीती रहेको कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीहरुको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचालन लायन्स क्लवका कोषध्यक्ष सागर घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६