ब्रेकिंग न्युज

कपिलवस्तुमा १ कोरोना सङ्क्रमित फरार, सुरक्षा प्रमुखलाई जानकारी नै छैन ।



कपिलवस्तु, १ असार ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका छन् । आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन । उनी जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । २ दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले बताउनु भयो । बिश्वकर्माका अनुसार उनी क्वारेन्टाईनबाट भागेको वताए । उनलाई जन्डिस पनी भएको थियो । आरडिटी पोजेटिभ देखिए पछी पिसीआर समेत भएको थियो । रिपोर्ट नआउदै उनी भारत तर्फ भागेको वताईएको छ ।

भाग्ने सङ्क्रमित भारतीय नागरिक

        फरार हुने कोरोना सङ्क्रमित भारतीय नागरिक रहेको बताइएको छ । सीमावर्ती बजार वढनी आसपासमा बस्ने वर्ष २२ को सन्तोष केवट रहेका छन् । कृष्णनगरको क्वारेन्टाईनमा बस्दा उनले ठेगाना गलत लेखेका थिए । केवट रातको समयमा भारत तर्फ भागेका थिए । आइसोलेसन स्थल नेपाल भारत सीमा देखी आधा किलो मिटर टाढा रहेको छ । भागेको विषयमा नगरपालिकाले कसैलाई पनि जानकारी गराएको छैन ।  

सङ्क्रमित भागेको प्रशासनलाई समेत थाहा छैन ।  

        सङ्क्रमित भागेको एक हप्ता बित्दा सम्म कृष्णनगर नगरपालिकाले सूचना लुकाएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई यस विषयमा सोधपुछ गर्दा थाहा नभएको र बुझेर बताउने जानकारी दिनु भयो । प्रजिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई समेत घटनाको विषयमा जानकारी छैन । फोन मार्फत कुराकानी गर्दा भागेको विषयमा केही थाहा नभएको बताए ।  भागेको विषयमा कृष्णनगर नगरपालिका र भारतीय सीमावर्ती बजारमा समेत थाहा पाएका छैनन् । संक्रमित फरार रहनुमा प्रहरीको चरम लापरवाही रहेको बताइएको छ । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६