ब्रेकिंग न्युज

क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा भीरबाट हाम फालेका एक जनाको मृत्यु



पोखरा १ असार । क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा  पर्वतमा भीरबाट हाम फालेका एक जनाको मृत्यु  भएको छ । भारतबाट फर्केकाहरुलाई क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् । भारतदेखि फर्केर सुनौली नाका हुँदै रिजर्भमा आएको गाडी पर्वतको चुवा भन्ने ठाउँमा रोकिएको थियो । नेपाली गाडीबाट झरेर भिरमा गएर हाम फालेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

                      ‘पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु मिलेर गाडी रिजर्भ गरेर आएका थिए । उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा लैजाँदे थियौं,’ उनले भने, ‘चुवामा गाडी रोकिएका बेला झरेर भिरमा गई नेपालीले एक्कासी हाम फालेछन् ।’लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका गरी १७ जना थिए । पर्वतको डिमुवामा केहीलाई झारेपछि बस बागलुङ र म्याग्दीका यात्रु लिएर जाँदै थियो । अप्ठेरो सडकका कारणले बस केही रोकिएको मौका छोपेर नेपालीले हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६