अर्थ-वाणिज्य

मेरिट सहकारी १० औं वर्षमा प्रवेश



कपिलवस्तु, २ असार ।  कपिलवस्तुको बाणगंगा–७ वनगाई स्थित मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड १० औं वर्ष प्रवेश गरेको छ । वि.सं २०६८ असार १ गते स्थापित भई कारोवार शुभारम्भ गरेको यस संस्थाले सोमबार एक संक्षिप्त समारोह आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको छ । 

    कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष विष्णु खनालले संस्थालाई बर्तमान अवस्थासम्म ल्याई पु¥याउन स्थापना कालदेखि हालसम्म योगदान गर्नु हुने सम्पूर्ण सञ्चालक समिति सदस्यहरु, लेखा समिति सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, सल्लाहकार , शेयर सदस्य, कर्मचारी शुभेच्छुक लगायत सम्पूर्ण सरोकारवालालार्ई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


        करिव एक दशक अघि २५ जना शेयर सदस्य र ५० लाख शेयर पूजीबाट कारोवार शुरु गरेको यस संस्थाको हाल ३ हजार शेयर सदस्य र ५ करोड शेयर पूजी पुगेको छ भने १८ करोड बचत र २२ करोड ऋण लगानी गरेको संस्थाका संस्थापक अध्यक्ष एवं प्रवन्ध सञ्चालक सरोज खनालले जानकारी दिनु भयो । संस्थाले हाल वनगाई स्थित मूख्य कार्यालय सहित जीतपुर सेवा केन्द्र र कोपवा सेवा केन्द्र मार्फत पनि वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६