दोलखा २ असार । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।आज बिहान ९ः५३ बजे ४।१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो । उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प ९७।६ रिक्टर स्केलं पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।
२ असार २०७७, मंगलबार
प्रतिक्रिया