ब्रेकिंग न्युज

अर्घाखाँचीमा आरडीटीमा पोजिटिभ आएका एक जनाले गरे आत्महत्या



अर्घाखाँची ३ असार । शीतगंगा नगरपालिका–५ जलुकेको हरि माविको क्वारेन्टाइनमा एक व्यक्तिको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । ४५ वर्षीय देवबहादुर विक मृत भेटिएका हुन् ।२५ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनको आरडीटीमा पोजिटिभ रिपोर्ट आएको थियो ।एउटै कोठामा बसेका ३ जना साथीलाई सुत्न लगाई विकले स्कुलपछाडिको रूखमा झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए । उनका अनुसार उनको पारिवारिक अवस्था दयनीय थिए । विकसँगै बसेका तीन जनामा पनि आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६