स्वास्थ्य

निकै प्रभावितलाई समेत बचाउने गरी छिट्टै कोरोनाको खोप आउन सक्छ:डब्ल्युएचओ



काठमाडौं ५ असार । विश्व स्वासथ्य संगठन डब्ल्युएचओले निकै कमजोर बढी प्रभावितलाई समेत बचाउने गरी चाँडै कोरोना भाइरस संक्रमणविरुद्धको खोप आउन सक्ने बताएको छ ।डब्ल्यूएचओले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस कोभिड–१९ को हजारौं डोज उपलब्ध हुने जनाएको छ । अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन ।

              तर, डब्ल्यूएचओका वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको बताएकी छिन् ।स्वामीनाथनलेले खोप निर्माण गर्नु एक जटिल काम रहेको बताउँदै यस विषयमा धेरै आशंका र धेरै राम्रो कुराहरु पनि हुने गरेको बताइन् ।उनले एक पटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास गर्ने तर हार नमान्ने उनको भनाइ छ । उनले सबैकुरा सही चल्दै गएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् ।शुरुमा यो खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र सबैभन्दा गम्भीर बिरामीहरुलाई दिइने स्वामीनाथनको भनाइ छ । स्रोत : बीबीसी

प्रकाशित : ५ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६