कपिलवस्तु ५ असार । कपिलवस्तुको वाणगंगा नदिमा आएको वाढिले ल्याएको काठ समात्न खोज्दा एक दम्पत्तिको ज्यान वालवाल बचेकोछ । चार घण्टा सम्म बाढीको बीचमा फसेर मृत्यूको मुखमा पर्न लागेको दम्पत्तिले पुनरजीवन पाएको हो। वाढीमा फसेका दुईजनालाई नेपाली सेना र सशष्त्र प्रहरीले उद्धार गरेको छ । नदिको वाढिमा दाउरा वगेर आउने आशमा संकलन गर्न गएका वाणगंगा नगरपालीका वडा नं ८ का ४८ बर्षिय कृतन थारु र उनकी श्रीमति ४५ बर्षिया सोफिया थारुलाई ४ घण्टाको प्रयासमा सेना र प्रहरीले शकुशल उद्धार गरेको हो ।
प्रहरीका अनुसार नदि छेउमै घर भएका दम्पतीले खोलाको किनारमा बाढी आएको र त्यसमा बगेर आएका दाउरा संकलन गर्नेक्रममा एक्कासी ठुलो वाढि आएपछि उनीहरु विचमै फसेका थिए । नदिको विचमा रहेका उनीहरुलाई स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए् । प्रहरीले नेपाली सेना र शशष्त्र प्रहरीलाई जानकारी गराई दुवै जनाको सकुशल उद्धार गरेको जनाएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया