ब्रेकिंग न्युज

गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि



गुल्मी ६ असार । गुल्मीमा १४ जनामा कोरोना भाइरस ९कोभिड(१० को संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । नगरपालिकाको वडा नम्बर ६ का २१ वर्षकी महिला, वडा नम्बर ७ का ३९ वर्षका पुरुष, वडा नम्बर ८ का २१ वर्षका पुरुष, वडा नम्बर १० का १९ वर्षका, २८ वर्षका, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै वडा नम्बर १३ मा २१ वर्षका, ३० वर्षका ३६ वर्षका पुरुष वडा नम्बर १४ मा १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

                 संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको स्वास्थ्य संयोजक अर्याललले बताए । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १६७ जना कोरोना संक्रमित पुगेका छन् ।संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्किएका छन् ।जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला भरतकुमार अधिकारी शर्माले बताए ।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६