ब्रेकिंग न्युज

युएईबाट १५१ जना स्वदेश फर्किए, सक्रमण देखिएपछि ३ जनाको उडान रोकियो



युएई ७ असार। युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् ।हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् ।

              उक्त विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु छन् ।नेपाल जाने तयारीसहित विमानस्थल पुगेका तीन जना नेपालीको आरडीटी टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिपछि उनीहरु यो उडानमा काठमाडौं जान पाएनन् ।नेपाल फर्किनेहरुमा जेष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेको दूतावासले जनाएको छ ।

               युएईको विभिन्न राज्यमा रहेकाहरु दुबईबाट फिस्टेल ट्राभल्सको बस सेवामार्फत आबुधाबी विमानस्थल आएका थिए । आबुधावी क्षेत्रमा रहेका यात्रु भने आफैं विमानस्थल पुगेका हुन् ।स्वदेश फर्कने यात्रुको विदाईका लागि दुतावासका तर्फबाट श्रम काउन्सुलर निर्मला थापा, श्रमसहचारी मोतीराम भुषाल र जनसम्पर्क अधिकृत इरफान आलम विमानस्थल पुगेका थिए ।यस्तै आबुधाबी राहत टिमका तर्फबाट कृष्ण गौतम लगायत सामाजिक संस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । संस्थाका प्रतिनिधिहरुले यात्रुहरुको स्वास्थ्य परीक्षण र अन्य काममा सहजीकरण गरेका थिए ।

                हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो । ३ वटा उडान अनुमति पाएको एयरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ । उक्त उडान आबुधाबी एयरपोर्टबाट स्थानीय समयअुसार राति १ बजे हुने एयरलाइन्सले जनाएको छ ।यस्तै आइतबारै नेपाल एयरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११ः १० मा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका युएई प्रमुख टिकाराम पंगेनीले  बताए । आइतबार नै फ्लाइ दुवईले समेत पहिलो उडान भर्दैछ । फ्लाई दुवईको उडान ८ बजे हुनेछ ।

३ जनामा कोरोना देखियो

           स्वदेश फर्कने सबै यात्रुको विमानस्थलमा कोरोना परीक्षण गराइएको छ । युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गराएको हो । परीक्षण गराइएकामध्ये ३ जनाको रिपोर्टमा कोभिड पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरुको आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमा स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।

स्रोत : अनलाईन खबर 

प्रकाशित : ७ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६