ब्रेकिंग न्युज

‘मोस्टवान्टेड’ सूचीमा रहेका यादव पक्राउ



नेपालगञ्ज ९ असार । प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका राजेश यादव उर्फ धर्मा सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंहको कार्यकर्ता समेत हुन् यादव । ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त यादवलाई बाँके प्रहरीले मंगलबार बिहान ३ बजे पक्राउ गरेको हो । लामो समयदेखि भारतमा बस्दै आएका यादवलाई वनकट्टीबाटै पक्राउ गरेको बाँकेका एसपी ओम रानाले रातोपाटीलाई बताए । यादवको साथबाट तरबार र चक्कुसमेत बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६