ब्रेकिंग न्युज

सुस्मिताको हत्यारालाई जन्मकैद सजाय दिनुपर्ने माईती परिवारको माग



कपिलवस्तु ९ असार  । हेटौडामा हत्या भएकी कपिलवस्तुकी  २२ वर्षीय सुस्मिता थापाको हत्यारालाई जन्मकैद सजाय दिनुपर्ने माईती घर परिवारले माग राखेको छन । कपिलवस्तु बाणगंगा नगरपालीका बडा नं. ८ बोर्डगाउँकी सुस्मिताको  गत बैशाखमा  हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै  बिवाह भयो । बिवाह भएको ६ महिना मै सडक दुर्घटनामा परि उनका श्रीमानको मृत्यु भयो । तर श्रीमानको मृत्यु भएको  महिनामै थापा आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परिन । आफनै घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या भएको आशंका गरिएको छ । प्रहरीका अनुसन्धानका क्रममा सुस्मिताको हत्यामा ससुरा र नन्दको संलग्न भएको पनि खुल्न आएको छ । एकसाता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताउनुभएको छ ।

                खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको हत्या भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । घटनाको क्रममा सासुले रोक्न खोजे पनि नन्द र ससुराले विभत्स ढंगबाट हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताउनुभयो । सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ।प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमानको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घटना घटाइएको आशंका गरिएको छ । प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

जवरजस्ती बोलाईएको थियो सुस्मितालाई

श्रीमानको मृत्युको ६ महिना पुगेको अवसरमा गर्नुपर्ने   कामका लागि उनी घर फर्किएकी थिइन् ।लकडाउन अघिबाटै फोन गरेर चैत्र २३ गते ६ महिने तिथिमा बत्ती बाल्ने कार्यक्रम रहेको र सुस्मिता आउनु पर्ने भनेपछि मैले २३ गतेसम्म जसरी पनी सुस्मितालाई पुर्याइनिे माईती घरबाट खबर पठाएको माईती परिवारको भनाई छ । तर घर पुगेपछि २३ गतेको पुजामा उसलाई केहि गर्न घर परिबारले दिईएन ।” नानीले फोन गरेर बाबा मैले त भान्साको काम गर्दा गर्दै केहि गर्न भ्याईन “। सबै काम आफै गर्नुभयो भनी फोन माईती घरमा फोन आएको बताईएको छ । माईतीमा आमा बिरामी भएपछि सुस्मितालाई पठाईदिन बारम्वार आग्रह गर्दा समेत आउन नदिएको उनका बुवाको भनाई छ ।

              सुस्मिताको आमा बिरामी भएपछि नानीलाई पठाईदिनु पछि म आफै आएर पुयाईदिन्छु भँन्दा ,सम्धिले यहाँ आमा बिरामी छ , पानी तताएर दिने समेत कोहि छैन् सुस्मितालाई पठाउन सक्दैनौ भन्नु भयो । बारम्वारको आग्रह नमानेपछि मैले फोन काटे , उहाँले भन्नुभयो ।सञ्चारक्रमी सगं घटनाको बारेमा बताउदैँ सुस्मिताका बुबाले भन्नुभयो बिमा रकम बारे जानकारी सुस्मितालाइ कुनै जानकारी थिएन ।

              ज्वाईले बिमा गर्नुभएको छ भन्ने जानकारी भएपनी कुन बिमा कम्पनीमा ,को मार्फत गर्नुभयो छोरीलाई पनी जानकारी थिएन् । बिमाको रकम आउने भए पनी ४५ दिन भित्रै आउनु पर्ने ८ महिना बितीसक्यो । हाम्रोँ छोरी सुरक्षित भएपछि बिमा रकम वास्ता गरेका थिएनौ  । हत्यारालाई कडा कारबाही हुनुपर्छ सुस्मिताका बुबाले माग गर्नुभयो । 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६