ब्रेकिंग न्युज

धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते



 वीरगञ्ज १० असार । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् ।उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

       पोखरीको डिल छउको धान खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान साढे ५ बजे प्रहरीलाई खबर गरेका थिए ।वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेज पठाएको थियो ।उनी बिहान तीन बजे नै घरबाट निस्किएका थिए । प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ ।ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ ।

    घाइते भेटिएको ठाउँमा एउटा मोबाइल पनि फेला परेको छ ।प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले घाइतेको उपचारसँगै प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताए ।‘अस्पतालले घाँटीमा गहिरो घाउँ छ, शल्यक्रिया गर्नुपर्छ भनेको छ’, उनले भने, ‘अहिले परिवारका सदस्य र छरछिमेकसँग सोधपुछ गरिरहेका छौं । घाइतेको होस आएपछि उनको पनि बयान लिन्छौं ।’

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६