ब्रेकिंग न्युज

प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण



प्युठान १० असार । गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १८४ कवुलियती वन  छन् । तीमध्ये १५०  कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।  मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो । तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ । 

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६